तेह्रथुम- आठराई गाउँपालिका अध्यक्षसहित सबै कर्मचारी कोरोना संक्रमित भएका छन् । जेठ १ गते परीक्षणको लागि दिइएको स्वावको रिपोर्ट मंगलबार आएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपनि आफूलाई कुनै लक्षण भने नदेखिएको पाकिलाका अध्यक्ष विष्णु बिक्रम लिम्बूले पालिका खबरलाई बताए ।
स्थानीय प्रशासनले उचित ध्यान नदिँदा आठराई गाउँपालिकामा कोरोना भाइरसको लहर भयावह स्थितीमा पुगेको छ ।
परिक्षणको लागि स्वावसमेत झापा पुर्याउनुपर्ने बाध्यता आठराई गाउँपालिकाको छ ।