close

कपिलवस्तुका माओवादी नेतामाथि कसले चलायो गोली ? 

कपिलवस्तुका माओवादी नेतामाथि कसले चलायो गोली ? 

Trulli
ADVERTISEMENT

कपिलवस्तु - कपिलवस्तु नगरपालिका वडा नं. ३ मा मोटरसाइकलमा सवार युवा माथी गोली प्रहार भएको छ । बुधवार राती ११ बजे घर फर्किने क्रममा उनीहरु माथी गोली प्रहार भएको प्रहरीले जनाएको छ । 

 

गोली प्रहारबाट नेकपा (माओबादी केन्द्र) का नेता दीपक पाण्डेय र एक जना भारतीय नागरिक इयाज अख्तर घाइते भएका छन । पाण्डेको पेटमा २ राउण्ड र अख्तरको पाखुरामा १ गोली लागेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । मोटरसाइकलमा सवार ३ जना मध्ये १ जना सकुशल गरेको बताइएको छ ।

 

प्रहरीका अनुसार जलैयास्थित बाणगंगा खोलाको नदीजन्य पदार्थ बिक्रीका लागी उनीहरु काम गर्दै आइरहेका थिए । तौलिहवा तर्फ फर्किने क्रममा तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा अज्ञात समूहले गोली प्रहार गरेका थिए । गोलि हान्ने समुहका ३ जना एउटै मोटरसाइकलमा सवार रहेको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।

 

गोली प्रहार भएको खवर पाए पछि प्रहरीले उद्धार गरी युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचारका लागि लगिएको थियो । राती शल्यकृया गरी पाण्डेयको १ गोली निकालिएको छ । गोली किन र कसले हान्यो अझै खुल्न सकेको छैन् । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले थप अनुसन्धान जारी गरेको भण्डारीले बताए ।