close

पालिकामा दिनभर: संक्रमितलाई कतै पौष्टिक आहार, कतै स्वास्थ्य स्याहार (भिडियो खबर)

पालिकामा दिनभर: संक्रमितलाई कतै पौष्टिक आहार, कतै स्वास्थ्य स्याहार (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको ओमसतिया गाउँपालिकाद्वारा कोरोना संक्रमितको घर-घरमै पुगेर औषधी र पौष्टिक आहार वितरण गर्न सुरु, अध्यक्ष हिरा केवट चढ्ने सरकारी गाडी बन्यो एम्बुलेन्स ।

 

२) कोरोनाका कारण रोजगारी गुमाएकालाई राहत दिलाउन पाल्पाको तानसेन नगरपालिकाले कोभिड पोस्ट कार्यक्रम सञ्चालन गर्ने, संक्रमित पहिचान गर्न टोल-टोल पुग्दै नगरपालिका ।

 

३) खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा कोभिड-१९ महामारीका बेला अग्रपंक्तिमा खटिएका स्वास्थ्यका कर्मचारी र पालिका प्रहरीको बीमा गर्ने निर्णय, एक–एक लाख रुपैयाँको जीवन बिमा गरिदिने ।

 

४) कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाउँदै स्याङ्जाको वालिङ नगरपालिका, गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसनमा उपचाररत संक्रमितलाई खाना खुवाउने व्यवस्था ।

 

५) ललितपुर महानगरद्वारा नगरभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयलाई विद्यार्थीको आन्तरिक एवं वैकल्पिक विधिबाट परीक्षाको मूल्यांकन गर्न निर्देशन, नतिजा २५ जेठभित्र शिक्षा महाशाखामा पठाउनु पर्ने ।

 

६) गाउँगाउँमा कोरोना परीक्षण बढाउँदै पाल्पाको तिनाउ गाउँपालिका, १० बेडको अक्सिजनसहितको कोरोना अस्पताल पनि निर्माण ।

 

७) पर्वतको कुश्मा नगरपालिका–१ पाङबासीले कोरोना परीक्षणका लागी स्वाब दिएको दश दिनमा पनि पाएनन् रिपोर्ट, रिपोर्ट नआउँदा गाउँले त्रसित, स्वाब पोखरा पठाउनुपर्ने बाध्यता ।

 

८) सिन्धुलीको सुनकोशी गाउँपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, १९ जेठसम्म पालिकाको कार्यालय बन्द ।

 

९) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाद्वारा किसानहरुलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण गर्न सुरु, ५० प्रतिशत अनुदानमा पालिकाले चार प्रकारका धानको बिउ दिने ।

 

१०) कैलालीको धनगढी उपमहानगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरले स्थापना गरेको मेयर कल्याणकारी कोषमा रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।

 

११) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै जुम्लाको हिमा गाउँपालिका, पाँच बेडको अस्थायी कोभिड अस्पताल र २० बेडको आइसोलेसन सञ्चालन ।

 

१२) बझाङको साइपाल गाउँपालिकाद्वारा यार्सा संक्रलन क्षेत्रमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था, होटल सञ्चालक, यार्सा संकलक र स्थानीय लाभान्वित ।

 

१३) कपिलवस्तुको बाणगंगा नगरपालिकाद्वारा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई परामर्श दिन घरभेट कार्यक्र सुरु, ११ वटै वडाका स्वास्थ्यकर्मी परिचालन ।

 

१४) कोरोना संक्रमितका घर–घर पुग्दै धनकुटाको महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि, संक्रमितलाई औषधि र पौष्टिक अहार पनि प्रदान ।

 

१५) एक्सनएड र दलित सचेतना समाज नेपालद्वारा तेह्रथुमको लालिगुराँस नगरपालिकालाई विभिन्न स्वास्थ्य सामगी प्रदान, पालिकाले आइसोलेसन पनि तयार पा‍र्‍यो ।

 

१६) मकवानपुरको हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु, नगरप्रमुख हरिबहादुर महतले गरे प्लान्टको उद्घाटन ।

 

१७) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा पनि कोरोना संक्रमितको संख्या बढ्दै, १३ नम्बर वडाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना पुष्टि भएपछि १४ जेठसम्म वडा कार्यालय बन्द गर्ने निर्णय ।

 

१८) गाउँगाउँमा कोरोना फैलिएपछि म्याग्दीका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब संकलन गर्न थाले, संक्रमितलाई भेट्न स्वास्थ्यकर्मीको टोली पनि परिचालन ।

 

१९) सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरद्धारा भीमदत्त नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण, कोरोना नियन्त्रण गर्न पालिका पनि क्रियाशील ।

 

२०) अक्सिजन प्लान्ट निर्माण गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको विपद् कोषमा स्वदेश तथा विदेशबाट सहयोग जुट्दै ।