close

संक्रमितलाई जनप्रतिनिधिको साथ, नगरप्रमुख नेपालीले दिए ५ लाख (भिडियो खबर)

संक्रमितलाई जनप्रतिनिधिको साथ, नगरप्रमुख नेपालीले दिए ५ लाख (भिडियो खबर)

ADVERTISEMENT

 

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) कोरोना संक्रमितको घर-घर पुग्दै धनकुटाको छथर जोरपाटी गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी, संक्रमितलाई औषधि पनि प्रदान ।


२) स्याङ्जाको गल्याङ नगरपालिकाद्वारा नगर अस्पतालमा उपचारका लागि आउने कोरोनाका बिरामीलाई बेड तथा अक्सिजन शुल्क नलिने निर्णय, आन्तरिक एवं वैकल्पिक विधिबाट परीक्षाको मूल्यांकन गर्न विद्यालयलाई निर्देशन ।

 

३) बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीद्वारा व्यक्तिगत रुपमा धौलागिरि अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर र ५ लाख रुपैयाँ प्रदान, नेपालीको सहयोगले बिरामीको उपचारमा थप टेवा पुग्ने ।

 

४) कोरोना सङ्क्रमितको उपचारका लागि गाउँगाउँमा आइसोलेसन केन्द्र बनाउँदै चितवनको इच्छाकामना गाउँपालिका, पालिकामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या  ८८ पुग्यो ।

 

५) कोरोना परीक्षणको दायर बढाउँदै नवलपुरको देवचुली नगरपालिका, लक्षण देखिएकाहरुको पालिकाले स्वाब संकलन गरि परीक्षणका लागि पठायो ।

 

६) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै सुर्खेतको विरेन्द्रनगर नगरपालिका, होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको घरघरमै पुगेर औषधि वितरण गर्न सुरु ।

 

७) बर्दियाको बारबर्दिया नगरपालिकाद्वारा १६ वटा अक्सिजन सिलिन्डर र एन्टीजेन किट खरिद, कोरोना नियन्त्रण गर्न पालिका थप क्रियाशील, जिल्लामा २० जेठसम्म निषेधाज्ञा थप ।

 

८) स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका बन्यो पहिलो, जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय तहको नतिजा सार्वजनिक ।

 

९) कोरोना कहरकै बीच काभ्रेको पनौती नगरपालिका विकास निर्माणमा जुट्यो, वडा नम्बर ९ मा पर्ने सडक धमाधाम पिच गरिँदै ।

 

१०) रामेछापको मन्थली नगरपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, १९ जेठसम्म नगरपालिका र वडा कार्यालयहरु बन्द हुने ।

 

११) निषेधाज्ञा लागू भएपछि विपन्न परिवारको चुल्हो निभ्न नदिन रूपन्देहीको रोहिणी गाउँपालिकाद्वारा खाद्य बैंक स्थापना, पालिकाले छनोट गरेका विपन्नलाई खाद्यान्न बाँड्ने ।

 

१२) अनलाइन वा वैकल्पिक विधिबाट वार्षिक परीक्षा सम्पन्न गर्न नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई भक्तपुरको चाँगुनारायण नगरपालिकाको निर्देशन, २२ जेठसम्म नतिजा शिक्षा शाखामा पठाउनु पर्ने ।

 

१३) कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका कामका बारेमा काठमाडौंको दक्षिकाली नगरपालिकाका प्रमुख-उपप्रमुखले स्वास्थ्यकर्मीहरुसँग गरे भर्चुअल बैठक, संक्रमित पहिचान गर्न टोल-टोल पुग्दै नगरपालिका ।

 

१४) बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाद्वारा किसानहरुलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण गर्न सुरु, ५० प्रतिशत अनुदानमा पालिकाले चार प्रकारका धानको बिउ दिने ।

 

१५) लमजुङमा २० जेठसम्म निषेधाज्ञा लम्ब्याइयो, जिल्लाका स्थानीय तह पनि कोरोना नियन्त्रणमा सक्रिय ।

 

१६)  सिन्धुलीको सुनकोशी गाउँपालिकामा कोरोनाका संक्रमित बढेपछि अत्यावश्यकबाहेकका सेवा बन्द, १९ जेठसम्म पालिकाको कार्यालय बन्द हुने।

 

१७) रूपन्देहीको सैनामैना नगरपालिकाको कोभिड अस्पताललाई स्वास्थ्य सामग्री खरिदका लागि रकम बढ्दै, संघ-संस्था र व्यक्तिले सहयोग गर्दै ।

 

१८) कोरोना रोकथाम तथा नियन्त्रणमा सक्रियता बढाउँदै जुम्लाको तातोपानी गाउँपालिका, अस्थायी कोभिड अस्पताल र आइसोलेसन कक्ष सञ्चालन ।

 

१९) तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घर-घरमा पुग्न थाले, घरमै स्वास्थ्यकर्मी सहितको टोली पुग्दा संक्रमित दंग 

 

२०) ताप्लेजुङको फुङलिङ नगरपालिकाद्वारा बजार क्षेत्रमा रहेका औषधि पसलमा अनुगमन ।