close

पालिकामा बजेटकाे चटाराे, धनगढीमाईलाई घटना दर्ताको हतारो (भिडियो खबर)

पालिकामा बजेटकाे चटाराे, धनगढीमाईलाई घटना दर्ताको हतारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ९ ले कार्यालय भवन निर्माण गर्ने, नगरप्रमुख हरिजंग शाहीले गरे भवनको शिलान्यास ।


२) तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा कोरोना संक्रमित शुन्य, १० जना संक्रमितको पछिल्लो रिपोर्ट आयो नेगेटिभ ।


 ३) झापाको कन्काई नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढ्दै, प्लान्ट सञ्चालन गर्न स्थानीय र संघसंस्थाको नगरपालिकालाई साथ ।


४) पर्वतको महाशिला गाउँपालिकाले मातहतका ६ वटा मुख्य सडकको डिपिआर तयार पार्‍यो, गाउँपालिकाभित्र बाह्रैमास सडक सुविधा पुर्‍याउने पालिकाको उद्देश्य ।


५) संखुवासभाको भोटखोला गाउँपालिकामा १६ दिन देखि टेलिफोन सेवा अवरुद्ध, टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित ।


६) ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले महिलाको आयआर्जन वृद्धि गर्न बाख्राको पाठी उपहार दिन थाल्यो, प्रत्येक वडामा दशजना विपन्न महिलाले पाए पाठी उपहार ।

 

७) कोरोना संक्रमितलाई घरघर पुगेर स्वास्थ्य सामग्री र पोषिलो खानेकुरा बाड्दै गोरखाको सिरानचोक गाउँपालिकाका जनप्रतिनिधि, कोरोना नियन्त्रण गर्न पालिका थप क्रियाशिल ।

 

८) कोरोना रोकथाम र नियन्त्रणका लागि काभ्रेको पनौती नगरपालिकालाई धुलिखेल अस्पतालले प्रदान गर्‍यो विभिन्न स्वास्थ्य सागम्री, नगरप्रमुख भीम न्यौपानेलाई  स्वास्थ्य सामग्री हस्तान्तरण ।

 

 ९) बजेट निर्माणको चटारोमा खोटाङका स्थानीय तह, २ नगरपालिका र ८ गाउँपालिकासहित १० पालिकाहरुले स्थानीयवासीसँग राय सुझाव मागे ।

 

१०) मोरङको पथरी शनिश्चरे नगरपालिकाले लक्षण देखिएकाहरुको गर्‍यो नगर अस्पतालमा कोरोना परीक्षण, आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट बनाउन जनप्रतिनिधि र कर्मचारी सरोकारवालाहरुसँग छलफलमा जुटे ।


११) कोरोना संक्रमितको उपचारका लागि स्याङ्जाको वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्री र रकम सहयोग गर्नेहरू बढ्दै, पालिकाले गाउँगाउँमा पुगेर कोरोना परीक्षण गर्न थाल्यो ।


१२) संखुवासभाको मादी नगरपालिका आधारभूत तहका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न अघि बढ्यो, पालिकाले गर्‍यो विभिन्न साझेदार संस्थासँग सम्झैता ।


१३) सिन्धुपाल्चोकका स्थानीय तहले कोरोना परीक्षणको दायरा बढाए, संक्रमितको स्वास्थ्य अवस्था बुझ्न जनप्रतिनिधि घर पुग्न थाले ।


१४) सिरहाको धनगढीमाई नगरपालिकामा व्यक्तिगत घटना दर्ता अभियानमा स्थानीयको उत्साहजनक सहभागिता, अभियान १५ असारसम्म सञ्चालन हुने ।

 

१५) गुल्मीको रेसुंगा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, पालिकाका स्वास्थ्यकर्मी परीक्षण गर्न टोल-टोल पुग्दै ।


१६) चितवनको खैरहनी नगरपालिकाले प्रकाशन गर्‍यो कक्षा ८ को वार्षिक परीक्षाको नतिजा, नतिजा नगरपालिकाको वेबसाइटमा हेर्न सकिने ।

 

१७) स्थानीय अमर सोतीको पहलमा तनहुँको व्यास नगरपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गरायो विभिन्न स्वास्थ्य सामग्री, नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेलाई सामग्री हस्तान्तरण ।

 

१८) कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई परामर्श सेवा दिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी सक्रिय, संक्रमितलाई स्वास्थ्य सामग्री र औषधी पनि वितरण ।


१९) उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न व्यक्ति र संघसंस्थाले सहयोग गर्दै, कोषमा रकम पनि बढ्दै ।


२०) कोरोना कहरका बीच पनि  तनहुँको बन्दीपुर गाउँपालिका विकास निर्माण जुट्यो ।