close

उपल्लो डोल्पामा कोरोनाको त्रास, दिक्तेलमा चिन्डो शिलान्यास (भिडियो खबर)

उपल्लो डोल्पामा कोरोनाको त्रास, दिक्तेलमा चिन्डो शिलान्यास (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए  ? जनप्रतिनिधिले के काम गरे ?  कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी टोल-टोल पुग्दै ।

 

२) काठमाडौं महानगरपालिकामा ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नगारिकलाई चारवटा केन्द्रमार्फत भेरोसेल लगाइँदै, १ असारसम्म खोप लगाइने ।


३) खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा किरात समुदायको संस्कार र संस्कृतिमा प्रयोग गरिने १३ फिट अग्लो चिन्डो निर्माण हुने, चिन्डोको गरियो शिलान्यास ।


४) डोल्पाका डोल्पोबुद्ध, शे-फोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढ्दै, स्वास्थ्यकर्मी नहुँदा परीक्षण हुन सकेन ।


५) तनहुँको व्यास नगरपालिकाले पञ्चमन्दिर क्षेत्रमा महर्षि वेदव्यास ऋषिको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने, पालिकाले निर्माण कम्पनीसँग गर्‍यो सम्झौता ।

 

६) कोरोनाबाट मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण उपलब्ध गराउन सबै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्‍यो परिपत्र, प्लास्टिकजन्य झोलाको मापदण्ड पनि कार्यान्वयन गर्न आग्रह ।

 

७) रुकुम पूर्वको भूमे गाउँपालिकाले मगर समुदायको मुख्य पर्व भूम्या मनाउन दियो दुई दिन बिदा, पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न स्थानीयलाई पालिकाको आग्रह ।

 

८) जाजरकोटको भेरी नगरपालिकाले कोरोना संक्रमितको घरघर पुगेर परीक्षण र उपचार सेवा दिँदै, कन्ट्याक ट्रेसिङ टिम बनाएर टोलटोलमा खटिए स्वास्थ्यकर्मी  ।

 

९) खोटेहाङ गाउँपालिकाले बाँड्यो किसानलाई ७५ प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, ७५ प्रतिशत अनुदानमा ट्रयाक्टर पाउदा किसान दंग ।


१०) गुल्मीको रेसुंगा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढायो, लक्षण देखिएकाहरुको टोलटोलमा पुगेर ३ असारसम्म पालिकाले परीक्षण गर्ने ।

 

११) ललितपुरको गोदावरी नगरपालिकालाई विभिन्न संस्थाले उपलब्ध गराए स्वास्थ्य सामग्री, स्वास्थ्य सामग्री पालिकाले स्वयंसेविकालाई प्रदान गर्‍यो ।


१२) मझगाउँ विमानस्थल सञ्चालनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणको खातामा १ करोड रुपैयाँ जम्मा गर्‍यो, बाँकी रकम पालिकाले आउँदो असोजसम्म जम्मा गर्ने ।

 

१३) माओवादी केन्द्रका नेता वर्षमान पुनद्वारा रोल्पाका दसवटै स्थानीय तहलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण, कोरोना रोकथाम र नियन्त्रणमा पालिकाहरु पनि सक्रिय ।


१४) छिमेकी स्थानीय तहमा समेत कोरोना संक्रमणको दर नघटेपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गर्‍यो नयाँ निर्णय, खाद्यान्न बोकेका सवारी साधनका चालकसमेतको पिसिआर-एन्टिजेन परीक्षण रिपोर्ट अनिवार्य ।


१५) झापाको कन्काई नगरपालिका र उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट स्थापना गर्न आर्थिक सहयोग गर्ने दाताहरुको संख्या बढ्दै, प्लान्ट सञ्चालन गर्न पालिकाहरुलाई स्थानीय र संघसंस्थाको साथ ।

 

१६) अमेरिकामा विभिन्न पेसा व्यवसाय र अध्ययन गरिरहेका नगरवासीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जे स्वास्थ्य चौकीलाई पठाए स्वास्थ्य सामग्री, नगरप्रमुख वासुदेव थापाले चौकीलाई हस्तान्तरण गरे स्वास्थ्य सामग्री ।

 

१७) दाङको तुलसीपुर उपमहानगरपालिकाको नवौँ नगरसभा सुरु, सभाले गर्ने भो विभिन्न महत्वपूर्ण निर्णय ।

 

१८) काठमाडौं महानगरपालिका वडा नम्बर ४ द्वारा ब्याडमिन्टन खेलाडीलाई खेलकुदका सामग्री प्रदान, विभिन्न टोलका खेलाडीले पाए सामग्री ।

 

१९) सामुदायिक विद्यालयको सुधार र विकासमा स्थानीय तहको भूमिका र आगामी बजेटका विषयमा सुदूरपश्चिम नगरपालिका संघले गर्‍यो भर्चुअल छलफल, छलफलमा नगप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता ।

 

२०) कोरोना कहरका बीच पनि भक्तपुरको मध्यपुर थिमि नगरपालिका विकास निर्माण जुट्यो ।