close

महोत्तरीमा थपियो निषेधाज्ञा

महोत्तरीमा थपियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीमा ७ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । मंगलबार राती १२ बजेबाट अन्त्य हुने निषेधाज्ञा थप ७ दिनका लागि तेस्रो पटक थपिएको हो ।


जिल्लाका विभिन्न ठाउँमा कोभिड-१९ संक्रमण बढ्दै गएको अवस्थामा नियन्त्रणका लागि थप ७ दिन निषेधाज्ञा थप्नुपरेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

 

निषेधाज्ञा अवधिभर खाद्यान पसल, फलफूल तथा तरकारी पसल बिहान ६ देखि ११ बजेसम्म खोल्न दिइनेछ भने कृषिजन्य व्यवसाय, हार्डवेयर र पुस्तक पसल दिउँसो १ देखि बेलुकी ५ बजेसम्म खोल्न पाउने व्यवस्था छ ।


अन्य व्यवसाय, सार्वजनिक सवारी साधनमा भने पूर्ववत् निर्णय यथावत गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित सवारी साधन, दूध डेरीका सवारी साधन, कृषिसँग सम्बन्धित जुनसुकै सवारी साधन चलाउन पाइनेछ ।


जिल्लाभित्रका कुनै पनि हाटबजार खोल्न नपाइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

 

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जारी गरिएको निषेधाज्ञाको पालना गर्न र गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ ।


निषेधाज्ञा अवज्ञा गरे सुरक्षाकर्मीले नियन्त्रण लिई कारबाही गरिने जिल्ला प्रशासन कार्यलय महोत्तरीले जनाएको छ ।