close

बजेटकाे चटाराे यत्रतत्र, काठमाडाैंकै सडक ८ वर्षदेखि अलपत्र (भिडियो खबर)

बजेटकाे चटाराे यत्रतत्र, काठमाडाैंकै सडक ८ वर्षदेखि अलपत्र (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।

 

२) जिल्ला समन्वय समिति स्याङ्जाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि क्षमता विकास सम्वन्धि तालिम आयोजना, तालिम १४ असारसम्म चल्ने ।

 

३) सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको पाँचौँ गाउँसभा सम्पन्न, सभाले आगामी वर्षको बजेट र नीति तथा कार्यक्रम पास गर्‍यो ।

 

४) दोलखाको तामाकोसी गाउँपालिकामा सञ्चालित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि स्थानीय युवाद्वारा कुटपिट, आक्रमण गर्ने समूहलाई आवश्यक कारबाही गर्न पालिकाको माग ।

 

५) म्याग्दीको बेनी नगरपालिकाको नवौ नगरसभाको दाेस्रो बैठक सम्पन्न, नीति तथा कार्यक्रम र बजेट पारित ।

 

६) झापाको कन्काई र उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरु बढ्दै ।

 

७) खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरीलाई क्याल्सियम चक्की निःशुल्क वितरण गर्न थाल्यो, नगरपालिकाभित्रका ५५० गर्भवती तथा सुत्केरीलाई क्याल्सियम दिइने ।


८) काभ्रेको बनेपा नगरपालिकाले दुईजना टिपर चालक करारमा भर्ना गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

 ९) देशभरका स्थानीय तहले कोरोना परीक्षणको दायरा बढाए, संक्रमित पहिचान गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन ।

 

१०) आठ वर्षदेखि सडक नबनेपछि काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ का स्थानीय आन्दोलित, तेन्जिङ चोक-खरिबोट सडक मर्मतमा ढिलाई भएको भन्दै वडाध्यक्ष शम्भु भट्टराईकाे नेतृत्वमा सडक विभागको कार्यालय घेराउ ।

 

११) संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका नागरिकलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइँदै,  १० हजारलाई खोप लगाइने ।

 

१२) रूपन्देहीको तिलोत्तमा नगरपालिकाले रसायनिक मलको बिक्री वितरणका लागि मूल्य कायम गर्‍यो, कृषकलाई राहत ।

 

१३) पहिरोले खानेपानीको संरचनामा क्षति पुर्‍याएपछि बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीमा खानेपानीको हाहाकार, स्थानीय समस्यामा ।

 

१४) सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पार्‍यो, चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू हुने ।

 

१५) जनप्रतिनिधिबीच बजेट बाँडफाँटका विषयमा विवाद चुलिएपछि रुपन्देहीको ओमसतिया गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेन, ५ दलले मागे २०७४ सालदेखिको हिसाब ।


१६) कोरोना संक्रमणको सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगरको सेवा सुरु, ३३ वटै वडा कार्यालयमा सुरक्षाका मापदण्डको पूर्ण पालना गराउँदै सेवा सञ्चालन ।

 

१७) चितवनको भरतपुर महानगरपालिकाले बृहस्पती आधुनिक एग्रो फार्मलाई धान रोप्ने मेसिन प्रदान गर्‍यो, ५० प्रतिशत अनुदानमा मेसिन पाउँदा कृषक दंग ।

 

१८) आगामी आर्थिक वर्षदेखि पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई स्थानीय सरकारी कामकाजको भाषा लागू गर्ने, पालिकाले बजेट, नीति तथा कार्यक्रम पनि पारित गर्‍यो ।

 

१९) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोनाका लक्षण देखिएकालाई नगर अस्पतालमा स्वाब संकलन गरी परीक्षण थाल्यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।


२०) स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षकहरुलाई दियो अनलाइन कक्षा सञ्चालन सम्बन्धि तालिम ।