close

महाकालीमा नगरसभाको चटारो, ओमसतियामा हिसाब खोज्ने हतारो (भिडियो खबर)

महाकालीमा नगरसभाको चटारो, ओमसतियामा हिसाब खोज्ने हतारो (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) खोटाङको साकेला गाउँपालिकामा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ताका लागि घुम्ती शिविर सुरु, हरेक वडाका दुई-दुई स्थानमा १० दिन घुम्ती शिविर सञ्चालन हुने ।


२) बाजुराको हिमाली गाउँपालिकामा ९४ परिवार पहिरोले विस्थापित, पहिरोले गाउँ नै भासिन थालेपछि स्थानीय त्रिपालको सहारामा बस्न बाध्य । 


३) असार १० गते गाउँसभा वहिष्कार गरेका रूपन्देहीको ओमसतिया गाउँपालिकाका वडाअध्यक्षहरूबाट आफ्नै पालिकाको सूचना माग गर्दै निवेदन दर्ता, आर्थिक, सामाजिक र विकासका क्रियाकलापको सूचना माग ।

 

४) राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा ललितपुरको गोदावरी नगरपालिकाले हरित नगर अभियानको सुरुआत गर्‍यो, पालिकाले विभिन्न स्थानमा वृक्षारोपण गर्ने ।

 

५) कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्वारा किसानलाई मिनिटिलर वितरण, ३२ जना किसानले पाए मिनिटिलर ।

 

६) रुकुम पूर्वको भूमे गाउँपालिकामा पब्लिक हाजिरीको व्यवस्था, कर्मचारी आएको-नआएको सेवाग्राहीले सजिलै थाहा पाउने ।

 

७) झापाको कन्काई र उदयपुरको बेलका नगरपालिकामा अक्सिजन प्लान्ट सञ्चालन गर्न आर्थिक सहयोग जुट्दै, पालिकालाई सहयोग गर्नेहरू बढ्दै ।


८) सुनसरीको बराहक्षेत्र नगरपालिकाद्वारा वडा कार्यालयका कर्मचारीलाई सर्जमिन मुचुल्कासम्बन्धी अभिमुखीकरण, अब सेवा प्रवाहमा थप सहज हुने ।

 

 ९) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।

 

१०) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै झापाको भद्रपुर नगरपालिका क्षेत्रका बाल शिक्षिका र कर्मचारी आन्दोलित, नगरपालिकाले बजेटमार्फत पारिश्रमिक कार्यान्वयनमा ल्याएन ।

 

११) जिल्ला समन्वय समिति कालीकोटले ९ वटै स्थानीय तहमा सञ्चालित स्थानीय तह, प्रदेश र संघका विकास निर्माणका योजनाको अनुगमन सुरु गर्‍यो, कार्यसम्पादन मूल्यांकनका आधारमा योजनाको प्रतिवेदन तयार पारिने ।

 

१२) रौतहटको देवाही गोनाही नगरपालिका-८ गोनाहीमा छठघाट निर्माण हुने, घाटको गरियो शिलान्यास ।

 

१३) संखुवासभाको भोटखोला र मकालु गाउँपालिकाका नागरिकलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाइँदै,  १० हजारलाई खोप लगाइने ।

 

१४) जिल्ला समन्वय समिति स्याङ्जाले जनप्रतिनिधि र कर्मचारीका लागि आयोजना गरेको क्षमता अभिवृद्घि तालिम सम्पन्न, तालिमपछि कर्मचारीको दक्षता अभिवृद्धि हुने अपेक्षा ।


१५) लालीगुराँस भैँसीपालन कृषि समूहलाई जाजरकोटको भेरी नगरपालिकाले १० वटा उन्नत जातका भैँसी वितरण गर्‍यो, भैँसी अनुदानमा पाउँदा कृषक दंग ।

 

१६) कैलालीको धनगढी उप-महानगरपालिकामा कोरोना संक्रमण रोकथामका लागि अनिवार्य मास्क अभियान सुरु, अभियानमा सहयोग गर्न सबैलाई पालिकाको आग्रह ।

 

१७) दार्चुलाको महाकाली नगरपालिकाको आठौँ नगरसभा जारी, नगरसभाले आगामी वर्षको नीति कार्यक्रम र बजेट १५ असारमा पारित गर्ने ।

 

१८) स्थानीय तहले कोरोना परीक्षणको दायरा बढाए, संक्रमित पहिचान गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन ।

 

१९) झापाको कमल गाउँपालिका-५ को वडा कार्यालय भवन निर्माण सम्पन्न, नवनिर्मित कार्यालय भवनको गरियो उद्घाटन ।

 

२०) नगर विकास कोषसँग तीन नगरपालिका र तीन वटा खानेपानी उपभोक्ता समितिले गरे ऋण सम्झौता, सम्झौतापछि आयोजना अगाडि बढ्ने ।