close

जताततै उर्लिए खोला, सावधानी नअपनाए के होला ? (भिडियो खबर)

जताततै उर्लिए खोला, सावधानी नअपनाए के होला ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रूपन्देहीको तिलोत्तमा नगरपालिकाद्वारा सडक तथा चोकमा निःशुल्क कोरोना परीक्षण गर्न सुरु, परीक्षणले कोरोना संक्रमणको वास्तविक अवस्था बाहिर ल्याउने ।

 

२) तनहुँमा बाढीपहिरोको वितण्डा, बन्दीपुर गाउँपालिकामा पहिरोमा परी दुई जनाको मृत्यु, व्यास नगरपालिका वडा नम्बर १ र १३ जोड्ने छाब्दी खोलाको पुल पनि बाढीले बगायो ।

 

३) तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नम्बर ९ मा मध्यपहाडी लोकमार्गको कार्यालय भवन निर्माण गरिने, भवनको गरियो शिलान्यास ।

 

४) मोरङको पथरी शनिश्चरे नगरपालिकाले कोरोनाका लक्षण देखिएकालाई नगर अस्पतालमा स्वाब संकलन गर्‍यो, कोरोना रोकथाम तथा नियन्त्रणमा पालिका थप सक्रिय ।

 

५) जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोकिएलगत्तै रौतटहको कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुशवाहाले गरे पद वहाली, पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ।

 

६) मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १ घाटगाउँका घरघरमा पानीका धारा जडान, पानी लिन कर्णाली नदी जानुपर्ने बाध्यताको अन्त्य ।


७) गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ मा रहेको धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुरु, नागरिकलाई सदरमुकाम पुग्नुपर्ने बाध्यता हट्ने ।

 

८) झापाको भद्रपुर नगरपालिकाले सरकारले तोकेको पारिश्रमिक  बाल-शिक्षक र कर्मचारीलाई दिने, आन्दोलरत शिक्षकले स्थगित गरे विरोधका कार्यक्रम ।

 

 ९) बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको शिवपूर्ण आधारभूत विद्यालय प्रदेशकै तेस्रो तीनतारे घोषणा, विद्यालयले खानेपानी सरसफाइ तथा स्वच्छतासम्बन्धीका मापदण्ड पूरा गर्‍यो ।

 

१०) जुम्लाको चन्दननाथ नगरपालिकाद्वारा सञ्चालित आलु पकेट क्षेत्रको लगानी र प्रगतिबारेमा सार्वजनिक सुनुवाइ सम्पन्न, अन्य बालीको पनि गरियो अनुगमन ।

 

११) खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ मा महिला कृषि सहकारी संस्थाको भवन बन्ने, उपप्रमुख विमला राईले गरिन् भवनको शिलान्यास ।

 

१२) कैलालीको लम्किचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईको अध्यक्षतामा नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न, बैठकले गर्‍यो महत्वपूर्ण निर्णय ।


१३) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धमाधम विकास निर्माणका काम हुँदै, स्थानीयले पाए गाउँमै रोजगारी ।

 

१४) रोटरी क्लब अफ काँकडभिट्टाद्वारा झापाको मेचीनगर नगरपालिकालाई २ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान, पालिकाले कोरोना परीक्षणको दायरा पनि बढायो ।

 

१५) काठमाडौंको कीर्तिपुर नगरपालिकाले प्राचीन कीर्तिपुर झल्कने फोटो सार्वजनिक गर्ने, फोटो नगरपालिकामा साउन मसान्तसम्म पठाउनुपर्ने ।


१६) सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले जुबुमा अवस्थित सुकेपोखरीको पर्यटन गुरुयोजना तयार पार्‍यो, सुकेपोखरीलाई त्रि-धार्मिक स्थलको रूपमा विकास गरिने ।

 

१७) कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ मा रहेको बैजनाथ माध्यमिक विद्यालयको भवन निर्माण हुने,  भवनको गरियो शिलान्यास  ।

 

१८) काभ्रेको रोशी गाउँपालिले कृषि समूहमार्फत किसानलाई हाते ट्रयाक्टर, मकै छोडाउने मेसिन र स्प्रे वितरण गर्‍यो, कृषि सामग्री पाउँदा किसान दंग ।

 

१९) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम जुट्दै, कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।


२०) बाढीले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ का चार घर बगायो, १० घरका स्थानीय विस्थापित ।