close

भेटेरेनरी पसल अनुगमन गर्दै भक्तपुर

भेटेरेनरी पसल अनुगमन गर्दै भक्तपुर

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको भक्तपुर नगरपालिकाले पशु सुरक्षाका लागि भेटेरेनरी पसल अनुगमन सुरु गरेको छ । भेटेरेनरी पसलले अवैध रूपमा औषधी वितरण गर्दै आएको गुनासोपछि पालिकाले अनुगमन थालेको हो । 

 

समितिको अनुगमनका क्रममा अधिकांश भेटेरेनरी पसल अनुमतिबिनै सञ्चालन भइरहेको पाइएको छ । अनुगमन समितिका संयोजक राजकृष्ण गोराले भेटेरेनरी पसल विभागको अनुमतिबिना सञ्चालन भइरहेको पाइएको बताए । म्याद नाघेका सामान पनि बिक्री भइरहेको संयोजक गोराले जानकारी दिए ।

 

डा. पंकज खनालका अनुसार डाक्टरले मात्र चलाउन पाउने बेहोस गर्ने औषधी र पशु मार्नैपर्ने अवस्थामा मात्र प्रयोग गर्ने औषधी पनि जथाभावी बिक्री भएको गुनासो आएकाले अनुगमन गरिएको हो । अनुगमनमा म्याद नाघेका औषधी बरामद गरी नष्ट गरिएको छ ।


नगरपालिकाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले विभागको अनुमतिलगायत कागजात नभएकालाई कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताए । औषधी पसलमा बस्ने डाक्टरको काउन्सिल अनुमतिपत्र नभएकाले उक्त कार्ड लिएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ ।