close

किसानलाई पालिकाको साथ, किर्तेमा कसको हात ? (भिडियो खबर) 

किसानलाई पालिकाको साथ, किर्तेमा कसको हात ? (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा दाङको राजपुर गाउँपालिका-७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित तीन जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।
 

२) वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिन स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १३ ले विद्यार्थीको घर-घरमा इन्टरनेट जडान गर्न थाल्यो, वडाको निर्णयले विद्यार्थी दंग ।

 

३) झापाको भद्रपुर नगरपालिका क्षेत्रमा २० वर्षदेखि कार्यरत पाँच जना स्वास्थ्य स्वयंसेविकालाई पालिकाले बिदाइ गर्‍यो, स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाले खेलेको भूमिकाको प्रशंसा ।

 

४) बाराको प्रसौनी गाउँपालिकाले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवार र संक्रमितलाई राहत रकम प्रदान गर्‍यो, कोरोना नियन्त्रणमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी क्रियाशील ।

 

५) जुम्लाको चन्दननाथ नगरपालिकाको आयोजनामा कृषकलाई कुखुरापालनसम्बन्धी तालिम जारी, तालिम २४ असारसम्म चल्ने ।

 

६) हुम्लाको नाम्खा गाउँपालिकाले दुई जना गरिब तथा जेहेनेदार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि रकम सहयोग गर्ने, गाउँसभाले गर्‍यो यस्तो निर्णय ।

 

७) स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ ले कृषकलाई उन्नत जातका बाख्रा तथा घाँसको बिउ वितरण गर्‍यो, आयआर्जनमा कृषकलाई सहयोग पुग्ने ।

 

८) गोरखा नगरपालिकाले कोरोनाको लक्षण देखिएकाको स्वाब संकलन गर्‍यो, संक्रमण नियन्त्रणमा पालिका थप सक्रिय ।

 

९) चितवनको रत्ननगर नगरपालिकाले टोल विकास संस्थालाई जिन्सी तथा स्टेसनरी सामग्री हस्तान्तरण गर्‍यो, कार्यालय सञ्चालनका लागि सहज हुने ।

 

१०) कैलालीको गौरीगंगा नगरपालिकामा भूमिहीन तथा सुकुम्वासीलाई जग्गा दिलाउन नापी प्रक्रिया सुरु, नगरप्रमुख भीमबहादुर देउवाले गरे कार्यक्रमको शुभारम्भ ।

 

११) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क स्थानीय पाठ्य पुस्तक उपलब्ध गराउने, पालिकाको निर्णयले अभिभावकलाई राहत ।

 

१२) सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरभित्रका जोखिम बस्तीको भौगोलिक सर्वेक्षण सुरु गर्‍यो, नगरका सबै वडामा सर्वेक्षण गरिने ।

 

१३) बाराको कलैया उपमहानगरपालिकाको वडा-वडामा घटना दर्ता शिविर जारी, शिविरमा लाभग्राहीको उल्लेख्य सहभागिता ।

 

१४) काठमाडौंको टोखा नगरपालिकामा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै, २२ असारदेखि २५ गतेसम्म दोस्रो मात्रा लगाइने ।

 

१५) संखुवासभाको चिचिला गाउँपालिकाको वडा नम्बर ४ अँध्यारोमुक्त वडा घोषणा, वडाभित्रका शतप्रतिशत घरमा विद्युत्को केन्द्रीय प्रसारण लाइन जोडियो ।

 

१६) रूपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले कार्यभार सम्हालेको चार वर्ष पूरा, सो अवसरमा नगरपालिका परिसरमा वृक्षारोपण सम्पन्न ।

 

१७) जनप्रतिनिधिलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन रोकिएलगत्तै रौतटहको देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनीया देवी पटेलले गरिन् पद वहाली, निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ।

 

१८) स्याङ्जाको पुतलीबजार नगरपालिकाले करारमा विभिन्न पदका लागि कर्मचारी भर्ना गर्ने, सफल उम्मेदवारको नामावली प्रकाशन ।

 

१९) जुम्लाको कनकासुन्दरी गाउँपालिका सञ्चारको पहुँचमा, नेपाल टेलिकमको टावर बनेपछि स्थानीयले डाँडा चढेर फोन गर्नुनपर्ने ।

 

२०) सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रकम सहयोग गर्नेहरू बढ्दै ।