close

मोबाइल व्यवसायी संघ संखुवासभाको अध्यक्षमा पुरी

मोबाइल व्यवसायी संघ संखुवासभाको अध्यक्षमा पुरी

Trulli
ADVERTISEMENT

संखुवासभा- नेपाल मोबाइल व्यवसायी महासंघले संखुवासभामा समेत संगठन विस्तार गरेको छ । 


महासंघले कृष्णराज पुरीको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघको जिल्ला तदर्थ समिति गठन गरेको हो । 


महासंघका अध्यक्ष भरत भट्टराईका अनुसार तदर्थ समितिको उपाध्यक्षमा बिजय बस्नेत बुढाथोकी चयन भएका छन् । 


सचिवमा गुणराज श्रेष्ठ चयन हुदाँ कोषध्यक्षमा सुर्यबहादुर घिमिरेलाई जिम्मेवारी दिइएको छ । 


जिल्ला तदर्थ समितिको सहसचिवमा कृष्ण विक र सदस्यहरुमा लोकमान तामाङ र झलकमान तामाङ चयन भएका छन् । 


महासंघले ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने अभियान अन्तर्गत तदर्थ समिति गठन गरेको जनाएको छ । मोबाइल व्यवसायीहरुको हकहितका लागि महासंघले देशव्यापी नेटवर्क बनाउने घोषणा गरेको छ ।