close

मादीका गर्भवतीलाई पोषणको झोला, धनगढीको सडक हरियाली होला ? (भिडियो खबर)

मादीका गर्भवतीलाई पोषणको झोला, धनगढीको सडक हरियाली होला ? (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) स्याङ्जाको फेदीखोला गाउँपालिकाको आयोजनामा इसिडी शिक्षकका लागि चार दिने पुनर्ताजगी तालिम जारी, तालिम २४ असारसम्म चल्ने ।

 

२) संखुवासभाको मादी नगरपालिकाले गर्भवती र एक वर्षमुनिका बच्चाका आमालाई पोषण सामग्री प्रदान गर्‍यो, पोषण सामग्रीले स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने ।


३) ललितपुर महानगरपालिकाले पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा आउँदो शुक्रबार र शनिबार लगाउने, गोदावरी नगरपालिकाकाले पनि खोप शुक्रबार लगाउने । 


४) चितवनको खैरहनी नगरपालिकाले फरक क्षमता भएका व्यक्तिलाई ह्वील चियर प्रदान गर्‍यो, १२ जनाले पाए ह्वील चियर । 


५) दाङको राप्ती गाउँपालिका वडा नम्बर १ को नवनिर्मित कार्यालय भवनबाट सेवा दिन सुरु, पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे भवनको उद्घाटन । 


६) उदयपुरको बेलका नगरपालिकाले उद्यमीलाई विभिन्न उपकरण हस्तान्तरण गर्‍यो, १५ सय स्थानीयलाई उद्यमी बनाउने पालिकाको योजना ।


७) अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ को आयोजनामा युवाका लागि सञ्चालन भएको  ३ महिने कम्प्युटर तालिम सम्पन्न, तालिमका सहभागीले पाए प्रमाणपत्र । 


८) बाराको प्रसौनी गाउँपालिकाको सहयोगमा शिक्षकका लागि एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली विषयक तालिम सुरु, तालिम २५ असारसम्म चल्ने ।

 
९) गोरखाको गण्डकी गाउँपालिकाले किसानलाई वितरण गर्‍यो १८ हजार फलफूलका बिरुवा, अनुदानमा प्लाष्टिक पोखरीका लागि प्लाष्टिक र सिँचाइ पाइप समेत वितरण ।

 

१०) कैलालीको धनगढी उपमहानगरपालिकाको सहयोगमा स्थानीय संघसंस्थाले जाईबेला सडक खण्डमा वृक्षारोपण गरे, सडक किनारलाई हरियाली बनाउने पालिकाको योजना ।

 

११) सल्यानको शारदा नगरपालिकाले  विद्यालयलाई ल्यापटप वितरण गर्‍यो, पठनपाठनमा थप सहज हुने । 


१२) सल्यानको बागचौर नगरपालिका पूर्ण खोपयुक्त पालिका घोषणा, सबै बालबालिकाले लगाए खोप । 


१३) कास्की कांग्रेसको कोभिड १९ सूचना समितिले अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका दुई स्वास्थ्य चौकीलाई एक-एक वटा अक्सिजन कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री प्रदान गर्‍यो, जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा आउँदै । 


१४) तनहुँको व्यास नगरपालिकाको कार्यपालिका बैठकले तीनवटा कार्यविधि पारित गर्‍यो, पालिकाले बाढीपहिरोपीडितलाई राहत पनि दिने । 


१५) कपिलवस्तुको शिवराज नगरपालिकाले कोरोना महामारीका बीच वैकल्पिक माध्यमबाट विद्यार्थीको पठनपाठन अघि बढाउने विषयमा गर्‍यो अन्तरक्रिया  ।