close

प्रमुख अतिथिको विवादले गाउँपालिकाको बजेट अन्योलमा 

प्रमुख अतिथिको विवादले गाउँपालिकाको बजेट अन्योलमा 

Trulli
ADVERTISEMENT

मुगु– मुगुको सोरु गाँउपालिकाको बजेट अन्योलमा परेको छ । प्रमुख अतिथिको विषयमा जनप्रतिनिधिबीच विवाद हुँदा उत्पन्न विवादले गाउँपालिकाको गाउँसभा अन्योलमा परेको हो । 

 

जनप्रतिनिधिको विवादले आठौं गाँउ सभाको अधिवेशन तथा बजेट सभा प्रभावित हुँदा बजेट तथा नीति तथा कार्यक्रमहरु अन्योलमा परेका छन् ।

 

२० असारका लागि गाउँसभा तोकिएको भएपनि एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिका कारण प्रमुख अतिथिको कसलाई राख्ने भन्ने विषयमा टुंगो नलाग्दा गाउँसभा हुन सकेको थिएन ।

 

एमालेका जनप्रतिनिधिले पूर्वप्रतिनिधिसभा सदस्य गोपाल बहादुर बमलाई र माओवादी केन्द्रले पूर्वसांसद नवराज धामीलाई प्रमुख अतिथि बनाउन खोजेपछि विवाद भएको थियो । 

 

प्रमुख अतिथिको विषयमा दुवै दलका जनप्रतिनिधिबीच विवाद हुँदा सभा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले जानकारी गराएका छन् ।

 

संघीय संरचना अनुसार असार १० गते भित्रै गाउँसभा सम्पन्न गरी सक्नु पर्ने संवैधानिक व्यवस्था भए पनि जनप्रतिनिधिको विवादका कारण अन्योल भएको कर्मचारीको भनाइ छ ।

 

जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिकाले मात्र बजेट अधिवेशन गर्न सकेको छैन । छायानाथरारा नगरपालिका, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकाले असार १० गते नै गाउँसभा गरेका छन् । ती पालिकामा बजेट समेत पारित गरी सकेका छन् ।

 

सोरुगाँउ पालिकाले तोकिएको मितिमा गाउँसभा बस्न नसके पछि २५ असारमा गाउँसभाको उद्घाटन गरिएको भए पनि २६ गते बिहान ११ बजेबाट बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको भए पनि २ बजे सम्म सभामा कर्मचारी र सभा सदस्यहरु उपस्थित नभएपछि गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीको हस्ताक्षरमा सार्वजनिक सूचना प्रकाशित गरी सभाको बन्द सत्र स्थगित गराएका थिए ।