close

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको निधन

Trulli
ADVERTISEMENT

इलाम– माङ्सेबुङ गाउँपालिका वडा नम्बर ४ का वडा सदस्यको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । बुधबार साँझ दुर्घटनामा परेका सदस्य ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


 
माङसेबुङ गाउँपालिका वडा नम्बर ४ मार्चेबुङका वडा सदस्य राई दमक रबि सडक खण्डमा दुर्घटनामा परेका हुन् । राई आफैले चलाएको मे. ८ प. ६०४ नम्बरको मोटरसाईकलबाट घर तर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल अनियन्त्रित भइ रतुवा पुल नजिक सेतेभिरमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

 

सडकबाट अन्दाजी करिव एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो । घटनामा सक्त घाइते भएका वडा सदस्य राईको उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा निधन भएको बताइएको छ ।