close

सहरी विकास मन्त्रालयसम्बद्ध निकायका प्रतिनिधिसँग कार्यसम्पादन सम्झौता

सहरी विकास मन्त्रालयसम्बद्ध निकायका प्रतिनिधिसँग कार्यसम्पादन सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह र मन्त्रालय तथा मन्त्रालयसम्बद्ध निकायका पदाधिकारीबीच कार्यसम्पादन सम्झौता भएको छ ।


मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा सचिव र काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त, मन्त्रालयका सहसचिव, विभागका महानिर्देशक, बागमती सुधार आयोजनाका प्रमुख, नगर विकास कोषका कार्यकारी निर्देशक र अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कार्यकारी निर्देशकबीच कार्यसम्पादन सम्झौता भएको हो ।

 

सम्झौतामा वार्षिक कार्यक्रमअनुसारका लक्ष्य र क्रियाकलाप, समय सीमा, श्रोत, सहयोगी व्यक्ति तथा निकाय, अनुगमन संयन्त्र तथा अनुगमनका वस्तुगत सूचक र क्रियाकलापका आधारमा मूल्यांकनको अंकभारसमेत निर्धारण गरिएको छ । 


कार्यक्रममा सचिव डा. सिंहले यसबाट प्रशासनलाई नतिजामुखी बनाउन सहयोग पुग्ने बताए । उनले विकासको लक्ष्य प्राप्ति र सेवा प्रवाहमा सुधारका साथै सार्वजनिक पदाधिकारीलाई आफ्नो कामप्रति थप जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौता महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


यो सम्झौता कार्यसम्पादन मूल्यांकन र पुरस्कार व्यवस्थाको अभिन्न अंगको रूपमा रहने उनले बताए ।