close

शिक्षकमाथि घात, उद्यमीलाई मुसिकोटको साथ (भिडियो खबर)

शिक्षकमाथि घात, उद्यमीलाई मुसिकोटको साथ (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर 

 

१) कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १४ मा उपप्रमुखसँग महिला कार्यक्रम सम्पन्न, कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको सहभागिता ।

 

२) पर्वतको मोदी गाउँपालिकाले दलित समुदायलाई  आधुनिक आरन अनुदानमा उपलब्ध गरायो, २४ जनाले पाए आरन ।

 

३) देशका अधिकांश पालिकामा कोरोनाविरुद्धको खोप अभियान जारी, खोप लगाउन नागरिकको उत्साहजनका सहभागिता ।

 

४) सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग गर्दै बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रका बालशिक्षक आन्दोलित, मासिक १५ हजार पाउनु पर्ने बालशिक्षकको माग ।

 

५) दोलखाको जिरी नगरपालिकालाई चिनको छङ्दु नगरपालिकाले दियो विभिन्न स्वास्थ्य सामग्री, सामग्रीले कोरोना नियन्त्रणमा सहयोग पुग्ने ।

 

६) इलामको माङसेबुङ गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २ लाख १० हजार रुपैयाँ राहत उपलब्ध गरायो, प्रति परिवार ३५ हजारका दरले रकम प्रदान ।

 

७) मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले लाभग्राहीलाई घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता गर्न थाल्यो, दैलोमै भत्ता पाउँदा लाभग्राही दंग ।

 

८) उदयपुरको बेलका नगरपालिकाले सार्वजनिक सुनुवाई तथा वार्षिक प्रगतिका विषयमा चलायो छलफल, कार्यक्रममा जनप्रतिनिधि र स्थानीयको सहभागिता ।

 

९) बाँकेको कोहलपुर नगरपालिकाले सरकारको निर्देशन विपरीत भौतिक रूपमा विद्यालय सञ्चालन नगर्न दियो निर्देशन, अटेर गर्ने विद्यालयलाई पालिकाले कारवाही गर्ने ।

 

१०) धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण सम्पन्न, नवनिर्मित भवनको गरियो उद्घाटन ।

 

११) विभिन्न ३४ सूत्रीय माग राखी आन्दोलनरत शिक्षकहरु भौतिक उपस्थितिमा नै देशभरका पालिकाको कार्यालयमा धर्ना बसे, सराेकारवाला निकायले माग सम्वोधन नगरेको शिक्षकको गुनासो ।

 

१२) गुल्मीको मुसिकोट नगरपालिकाले दुई उत्कृष्ट उद्यमी छनोट गर्‍यो,  उद्यमीलाई एक-एक लाख रुपैयाँ पुरस्कार प्रदान ।


१३) रूपन्देहीको बुटवल उपमहानगरपालिकाको अगुवाइमा बुटवल बजार अनुगमन, अनुगमनका क्रममा बजारमा अस्वस्थकर माछा-मासु भेटियो, माछा-मासु अनुगमन टोलीले गर्‍यो नष्ट ।

 

१४) तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोरोना संक्रमितसँग घुलमिल भएका र लक्षण देखिएकाको स्वाब संकलन गर्‍यो, पालिका कोरोना नियन्त्रणमा थप सक्रिय ।


१५) वैकल्पिक सिकाइका लागि सर्लाहीको बागमती नगरपालिकाले विद्यार्थीलाई इन्टरनेट प्याकेजसहितको नेपाल टेलिकमको सिमकार्ड वितरण गर्न थाल्यो, पठनपाठनमा सहज हुने ।

 

१६) रौतहटको कटहरिया नगरपालिकाले महिलालाई सिलाई मेसिन र कृषकलाई कृषि सामग्री हस्तान्तरण गर्‍यो, आयआर्जनमा सहयोग पुग्ने ।

 

१७) काठमाडौंको टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले दियो विभिन्न स्वास्थ्य सामग्री, सामग्रीले कोरोना रोकथाम र नियन्त्रणका लागि सहयोग पुग्ने ।

 

१८) कोरोना संक्रमण जोखिम बढेपछि देशका विभिन्न पालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरे, संक्रमण नियन्त्रणमा लिन निषेधाज्ञा र सिल ।

 

१९) कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा-चाँदनी जोड्ने झोलुंगे पुल मर्मत गर्न सुरु गर्‍यो, मर्मतको समयमा पुलमा आवतजावत बन्द गरिने ।

 

२०)  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं महानगरपालिकाको जय नेपाल र नक्साल भगवती बहालमा ट्राफिक लाइट जडान गर्‍यो ।