close

नगर विकास कोष मातहतका शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता

नगर विकास कोष मातहतका शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोषले आर्थिक वर्ष २०७८/७९ का लागि कोषका कार्यकारी निर्देशक र विभाग/महाशाखा/शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता गरेको छ ।

 

कोषको आव २०७८-७९ को नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनका लागि कार्यसम्पादन सम्झौता भएको हो ।

 

सम्झौतामा वार्षिक कार्यक्रमअनुसारका लक्ष्य र क्रियाकलाप, समय सीमा, स्रोत, अनुगमन संयन्त्र तथा अनुगमनका वस्तुगत सूचक र क्रियाकलारु निर्धारण गरी मूल्यांकनको अंकभारसमेत निर्धारण गरिएको छ ।

 

कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कार्यसम्पादन सम्झौताबाट कोषको व्यावसायिक योजना नतिजामुखी उन्मुख हुने र कोषका पदाधिकारीलाई आफ्नो कामप्रति थप जिम्मेवार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।