close

१० वर्षीय बालकमा देखियो कोरोनाको डेल्टा भेरियन्ट

१० वर्षीय बालकमा देखियो कोरोनाको डेल्टा भेरियन्ट

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराका १० वर्षीय एक बालकमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । जिल्ला अस्पताल बाजुराबाट रिफर गरिएका १० वर्षीय बालकमा कोरोनाको डेल्टा भेरियन्ट देखापरेको हो । 


कोरोनासँग मिल्दो जुल्दा लक्षण देखिएपछि चेकजाँचका लागि जिल्ला अस्पताल बाजुरामा एन्टिजेन जाँच गर्दा रिपोर्ट नेगेटिभ भएपछि उनलाई ४ दिन निमोनियाको उपचार गरिएको थियो ।


जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा रिफर गरिएको थियो ।

धनगढीमा पनि उपचार सम्भव नभएपछि अस्पतालले काठमाडौं रिफर गरेको थियो । त्यहाँ कोरोनाको आसंकमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखा परेको जिल्ला अस्पताल अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले बताए ।


‘हामीले परीक्षण गर्दा संक्रमण देखिएन । उपचारका क्रममा लैजाँदा बाटोमा सरेको हुन सक्छ । यसबारे कुनै जानकारी छैन’, डा. जोशीले भने ।  ती बालकको सम्पर्कमा रहेका अन्यको स्वाब संकलन गरेर पिसिआर गर्ने तयारी भइरहेको जोशीले जानकारी दिए ।


कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएका बालक काठमाडौंमा भेन्टिलेटरमा उपचारपछि सञ्चो भएर डिस्चार्ज भएको परिवारले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा अहिले कोरोनाको आशंकामा ९ जना बच्चाको उपचार भइरहेको छ ।


निमोनियाजस्तो लक्षण देखापरेका बच्चाको अक्सिजनको सहारामा उपचार भइरहेको अस्पतालले जनाएको छ । १३ जनाको स्वाब संकलन गरेर डोटी पठाइएको अस्पतालले बताएको छ । कोभिड भए÷नभएको रिपोर्ट आएपछि मात्र जानकारी हुने सूचना अधिकारी नृपराज गिरीले बताए ।