close

बोक्सेको भीरमा बोलेरो खस्दा तीन जनाको मृत्यु, एक घाइते 

बोक्सेको भीरमा बोलेरो खस्दा तीन जनाको मृत्यु, एक घाइते 

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ बोक्सेको भीरमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने एक जना बालक घाइते भएका छन् ।

 

काठमाडौंबाट ओखलढुंगाको खिजीफलाटेतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो बिहीबार बिहान बोक्सेको भीरमा दुर्घटना हुँदा चालकसहित बोलेरोमा सवार तीन जनाको घटना स्थलमै ज्यान गएको हो ।

 

 

बोलेरोमा सवार अर्का एक जना ७ वर्षीय बालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर ६ खिजीफलाटेका ३५ वर्षीय लाक्पा शेर्पा, ३२ वर्षीया फुर्वा शेर्पा र ३६ वर्षीय वाङछु शेर्पा रहेका छन् ।

 

७ वर्षका घाइते बालक पेम्बा शेर्पालाई दुर्घटना स्थलबाट उद्दार गरेर तामाकोसी अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि कठमाडांै पठाइएको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।