वीरगन्ज– पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि २ लाख सहयोग गरेका छन् ।
प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गरेको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गरेका हुन् । एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उनको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गरेका हुन् ।
खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उनलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गरेका छन् ।