close

स्पेनका सभामुखसहितको टोली भक्तपुर भ्रमणमा

स्पेनका सभामुखसहितको टोली भक्तपुर भ्रमणमा

Trulli
ADVERTISEMENT

भक्तपुर– स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डलले विश्वसम्पदा सूचीकृत भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ ।

 

बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएको टोलीलाई भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति र उपप्रमुख रजनी जोशीसहितको टोलीले स्वागत गरेको हो । 

 

भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौ उपलब्ध गराएर भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वारमा उनीहरूको स्वागत गरिएको थयो ।  नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुरका सांसद र स्पेनिस टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक महत्त्वका सम्पदाको स्थलगत अवलोकन गराए ।

 

भ्रमणका क्रममा स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको रुचिपूर्वक अवलोकन गरेका थिए ।

 

भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रह्म महाविहार अवलोकन गरे । यस्तै, टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको पनि स्थलगत अवलोकन गरेको नगरप्रमुख प्रजापतिले बताए ।

 

प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डललाई मयुरको झ्याल र नगरका प्रकाशन उपहारस्वरूप प्रदान गरे । भ्रमणका क्रममा स्पेनी टोलीले भक्तपुरले व्यवस्था गरेको सांस्कृतिक नाच माकप्याखं, कवांचाप्याखं र जंगलीप्याखंको रुचिपूर्वक अवलोकन गरेको थियो ।