close

बारले कालो पट्टी बाँधेर  विरोध गर्ने

बारले कालो पट्टी बाँधेर  विरोध गर्ने

Trulli
ADVERTISEMENT

 

काठमाडौं–  नेपाल बार कार्यसमितिको बैठकले आइतबारदेखि कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

 शुक्रबार बसेको बार एशोसियसनको बैठकले सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको इजलास बहिष्कार गर्ने समेत निर्णय गरेको हो । यसका साथै बारले दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ।


 त्यस्तै बैठकले न्यायाधीशहरुलाई इजलासमा बस्न आग्रह गर्ने निर्णय गरेको छ ।  न्यायाधीशहरुको इजलासमा हुने बहसमा भने भाग लिने बारको निर्णय  छ । बैठकले प्रधानन्यायाधीशलाई थप इजलास नतोक्न समेत आग्रह गरेको छ ।