close

झिमरुक गाउँपालिकाले गर्‍यो बजार अनुगमन

झिमरुक गाउँपालिकाले गर्‍यो बजार अनुगमन

Trulli
ADVERTISEMENT

प्युठान–तिहार नजिकिएसँगै जिल्लाका प्रमुख व्यापारिक केन्द्रका बजारमा स्थानीयको चहलपहल बढ्न थालेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेका यहाँका स्थानीय बजार, होटल तथा उद्योग पछिल्लो समय सञ्चालनमा आएका छन् ।

 

स्थानीय बजारमा तिहारका बेला उपभोक्ताको भीड लाग्न थालेपछि झिमरुक पालिकाका विभिन्न बजार केन्द्रमा बजार अनुगमनलाई तीव्र दिइएको छ । चाडपर्वको समय बजारमा अखाद्य वस्तुको किनबेच, कालोबजारी बढ्न सक्ने आशंकामा पालिकाले अनुगमनलाई तीव्रता दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।

 

पालिकाका प्रमुख व्यापारिक केन्द्र मच्छि, ढाड, बांगेफेदी, सौतामारे, चुधाराफेदी आसपासका बजार, होटल तथा उद्योग, पसलमा बजार अनुगमन गरिएको उनले जानकारी दिए ।

 

भुसालको नेतृत्वमा इलाका प्रहरी कार्यालय मच्छि, उद्योग वाणिज्य संघ मच्छी बजार इलाका प्रतिनिधि, पत्रकार, जनप्रतिनिधि र कर्मचारीले संयुक्त रूपमा खाद्य वस्तुको बिक्री वितरण तथा गुणस्तर र म्याद भए÷नभएको बारे अनुगमन गरेको हो । टोलीले बजारमा रहेका सप्लायर्स, किराना, तरकारी तथा मिठाई पसलमा अनुगमन गरेका झिमरुक पालिका उपाध्यक्ष पवित्रा जिसीले बताइन् ।

 

स्थानीयको आग्रहअनुसार तिहारका बेला कालोबजारी र मूल्यवृद्धि रोक्ने उद्देश्यले बजार अनुगमन गरिएको उपाध्यक्ष जिसीले बताइन् । 
अनुगमनका क्रममा म्याद नाघेका २४ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको थियो ।