close

जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

जन्ती बोकेको जीप दुर्घटना, ४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । देहिमाडौँबाट  जन्ती बोकेर सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नंको जीप करिब साढे ८ बजे दशरथचन्द नगरपालिका–४ को कलुवाड मोडमा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको  प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । उनले भने, ‘कम्तीमा चार जनाको मृत्यु भएको छ, प्रहरी उद्धारमा खटिएको छ ।’ दुर्घटनामा परेर तीन जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुल्न सकेको  छैन । 

 

घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जीप सडकबाट सात सय मिटर तल खसेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।