close

पालिकामा दिनभरः भरतपुरले माग्यो सरकारसँग पैसा, अझै नियन्त्रणमा आएन कपिलवस्तुमा हैजा (भिडियो खबर) 

पालिकामा दिनभरः भरतपुरले माग्यो सरकारसँग पैसा, अझै नियन्त्रणमा आएन कपिलवस्तुमा हैजा (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा संघ तथा प्रदेशका मन्त्रीको सहभागितामा समृद्ध भरतपुरको लागि विकास बहस सम्पन्न, महानगर प्रमुख रेणु दाहालद्वारा १३ वटा गौरवका आयोजनालाई बजेट व्यवस्था गर्न माग । 


२) ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप शनिबारबाहेक बाँकी सबै दिन लगाउने,  जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने व्यवस्था । 


३) सर्लाहीको हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापिनी नदीको बगरमा औद्योगिक ग्राम बनाउने, आठ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बन्ने । 


४) सडक निर्माणमा ढिलाइ गरेको भन्दै स्थानीयद्वारा ललितपुरको गोदावरी–हरिसिद्धि– बाडेगाउँ सडक बन्द, निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेन । 


५) न्वागी पर्वको अवसरमा गुल्मीको इस्मा गाउँपालिकाले दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द । 

 

६) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण, ३२५ जना किसानले पाए उन्नत जातको गहुँको बिउ । 

 

७) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आयोजनामा ५ नम्बर वडा कार्यालयमा नाप तौल डोर कार्यक्रम सञ्चालन, व्यवसायीले आफ्नै घर आगनमा नाप तौलको दर्ता तथा नविकरण गराए । 

 

८) भक्तपुर नगरपालिकाले समुदाय स्तरीय घरदैलो नर्सिङ सेवा सुरु गर्ने, कार्यक्रम सञ्चालन गर्न लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा स्वयंसेविका तथा नर्सको सहभागितामा साताव्यापी अभिमुखीकरण सञ्चालन । 

 

९) कपिलवस्तुका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन हैजाविरुद्धको खोप दिन थालियो, १२ मंसिरसम्म खोप दिइने । 

 

१०) धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले फोहोर नउठाएको भन्दै वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिए, नगरप्रमुख लाल किशोर साहको कार्यकक्ष र पालिकाको मुलगेटमा तालाबन्दी । 

 

११) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महोत्तरीको मटिहानी नगरपालिकाद्वारा निर्मित रङ्गशालाको उद्घाटन,नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माविको पनि अवलोकन । 

 

१२) रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाद्वारा महिला लक्षित आयआर्जन कार्यक्रमका लागि समूह तथा समितिले पेस गरेका प्रस्ताव छनोट, सात दिनभित्र सम्झौता गर्नुपर्ने । 

 

१३) काठमाडौंको टोखा नगरपालिकाले वडा नम्बर ५ का ७० जना नागरिकलाई मेयर दिर्घायू कार्यक्रम अन्तरर्गत निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, इच्छुकले वडा कार्यालयमा निवेदन दिनुपर्ने । 

 

१४) कोरोना रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरका स्थानीय तहले १८ वर्षमाथिका उमेर समूहलाई खोप लगाउने, ११ मंसिरदेखि खोप अभियान सुरू हुने । 

 

१५) स्याङ्जाको पुललीबजार नगरपालिकाले कृषकको खेतबारीको माटो परीक्षण गर्ने, माटोको नमुना १० मंसिरभित्र कृषि शाखामा बुझाउनुपर्ने ।