close

पालिकामा दिनभरः वीरगञ्जमा बाजा बजाउन रोक, काठमाडौँका चोकचोकमा खोप (भिडियो खबर) 

पालिकामा दिनभरः वीरगञ्जमा बाजा बजाउन रोक, काठमाडौँका चोकचोकमा खोप (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालमा  निःशुल्क मुटुरोग परीक्षण तथा ईको सेवा सञ्चालन, ९ मंसिरसम्म स्वास्थ्य जाँच गर्न सकिने । 

 

२) कास्कीको पोखरा महानगरपालिकामा कार्यरत स्थानीय तहतर्फका कर्मचारीले बुझाए वृत्तिविकासको माग गर्दै कार्यवाहक नगरप्रमुख मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र, माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी ।

 

३) काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन, ३८ लाख रुपैयाँमा भवन तयार । 

 

४) उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने योजना वडा वडामा पुगेर सम्झौता गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका, समितिका पदाधिकारीलाई अभिमुखिकरण पनि दिइयो । 

 

५) काठमाडौँ महानगरपालिकाले कलंकी, बल्खु, कोटेश्वर र गोङ्गबुमा एक महिनासम्म कोरोनाविरुद्धको खोप लगाउँदै, ५ पुससम्म खोप लगाइने । 

 

६) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाद्वारा वडा नम्बर १५ ठुलोसुकौली जाने कृषि सडक निर्माण, नगरप्रमुख हरिबहादुर महतले गरे उद्घाटन । 

 

७) काभ्रेको नमोबुद्ध नगरपालिकाद्वारा विपन्न वर्गका महिलाका लागि ५ दिने सिप विकास तालिम सञ्चालन, फालिएका प्लास्टिकबाट विभिन्न उपयोगी सामग्री बनाउन महिला व्यस्त । 

 

८) आय आर्जनमा जोड्न तनहुँको भिमाद नगरपालिकाद्वारा पालिकावासीलाई मौरीसहितको घार वितरण, ४९ जनाले पाए मौरी घार  । 

 

९) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाक वडा नम्बर ५ को आयोजनामा क्षमता वृद्धि र कानूनी सचेतना सम्बन्धी तालिम सम्पन्न, कार्यक्रममा दलित, पिछडिएका महिला र फरक क्षमता भएका व्यक्तिको सहभागिता ।


 
१०) पाल्पाको रम्भा गाउँपालिकाले सामुदायिक विद्यालय र सिकाई केन्द्रको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १५ दिनभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 

 

११) काभ्रेको महाभारत गाउँपालिकाद्वारा कफिको साना व्यावसायिक कृषि उत्पादन कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सूचना जारी, इच्छुक कृषक समूह तथा फार्मले १५ दिनभित्र पालिकामा प्रस्ताव बुझाउनुपर्ने । 

 

१२) काठमाडौंको कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीबीच नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता, रकम पालिकाले तिरिदिने । 

 

१३) हुम्लाको खार्पुनाथ गाउँपालिकाले गर्‍यो नागरिकको निःशुल्क स्वास्थ्य बीमा, पालिकावासीले एक लाख बराबरको उपचार पाउने । 

 

१४) भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले दियो वडा नम्बर ९ मा सहयोगी महिला समूहका सदस्यलाई कौशी खेती सम्बन्धी दुई दिने तालिम, पालिकामा कौशी खेती फस्टाउँदै । 


१५) सर्लाहीको बागमती नगरपालिकाले चलचित्र छायाकंन स्टुडियो बनाउन चलचित्र विकास बोर्डलाई जमिन उपलब्ध गरायो, १२ नम्बर वडामा स्टुडियो निर्माण हुने । 

 

१६) ध्वनी प्रदूषण बढेपछि पर्साको वीरगञ्ज महानगरपालिकामा राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन रोक, पालिकाको निर्णयपछि महानगरवासी दंग । 

 

१७) भक्तपुर नगरपालिकाले समुदाय स्तरीय घरदैलो नर्सिङ सेवा सुरु गर्ने, लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा स्वयंसेविका तथा नर्सको सहभागितामा साताव्यापी अभिमुखीकरण सञ्चालन । 

 

१८) कपिलवस्तुका पाँच पालिकामा फैलिएको हैजा नियन्त्रणमा ल्याउन स्थानीयलाई हैजाविरुद्धको खोप दिन थालियो, १२ मंसिरसम्म खोप कार्यक्रम जारी रहने । 

 

१९) झापाको भद्रपुर नगरपालिकाले विद्यालयको लेखा परीक्षण गर्ने, इच्छुक लेखा परीक्षकले १७ मंसिरभित्र पालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने । 

 

२०) रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष लालप्रसाद बस्यालको निधनको शोकमा पालिका र वडा कार्यालय बन्द ।