close

रूपन्देही माओवादी केन्द्र इन्चार्ज बन्जाडेको सवारी दुर्घटनामा निधन

रूपन्देही माओवादी केन्द्र इन्चार्ज बन्जाडेको सवारी दुर्घटनामा निधन

Trulli
ADVERTISEMENT

रूपन्देही–माओवादी केन्द्र रूपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे (टंकमणि) को सवारी दुर्घटनामा परी निधन भएको छ । मोटरसाइकलमा सवार बन्जाडेलाई मंगलबार राती बुटवलको जीतगढीमा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

 

पश्चिमबाट बुटवलतर्फ आउँदै गर्दा उनीसँगै यात्रा गरिरहेका लु२६प ५८९८ नम्बरको मोटरसाइकलका चालक पाल्पा रामपुरका जीतबहादुर थापा गम्भीर घाइते भएका छन् । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख ९०६ नम्बरको बसले उनीहरूलाई ठक्कर दिएको थियो । 


घटनापछि घाइते भएका उनीहरूलाई बुटवलकै लुम्बिनी सिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचारकै क्रममा बन्जाडेलाई मृत घोषणा गरेको हो ।


गम्भीर घाइते थापाको अवस्था खतरामुक्त रहेको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए । बन्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।