close

पालिकामा दिनभरः बराहक्षेत्रमा लोकसेवा कक्षा, गल्याङका स्वास्थ्यकर्मीलाई पोषण शिक्षा (भिडियो खबर)

पालिकामा दिनभरः बराहक्षेत्रमा लोकसेवा कक्षा, गल्याङका स्वास्थ्यकर्मीलाई पोषण शिक्षा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको आयोजनामा ८ नम्बर वडा कार्यालयमा नाप तौल डोर कार्यक्रम सञ्चालन, व्यवसायीले आफ्नै घर आगनमा नाप तौलको दर्ता तथा नविकरण गराए । 

 

२) काभ्रेको नमोबुद्ध नगरपालिकाद्वारा विपन्न वर्गका महिलाका लागि ५ दिने सिप विकास तालिम सञ्चालन, फालिएका प्लास्टिकबाट विभिन्न उपयोगी सामग्री बनाउन महिला व्यस्त । 

 

३) सुनसरीको बराहक्षेत्र नगरपालिकाले एक महिने निःशुल्क लोकसेवा कक्षा सञ्चालन गर्ने, इच्छुकले १५ मंसिरसम्म आवेदन दिइसक्नुपर्ने । 

 

४) गल्याङ नगरपालिकाको आयोजनामा बृहत पोषण विशेष क्षमता अभिवृद्धि  तालिम सञ्चालन, तालिममा स्वास्थ्यकर्मीको सहभागिता । 


५) बर्दियाको बाँसगढी नगरपालिकामा एकीकृत अनलाइन सिफारिस प्रणाली सेवा सुरू, सबै वडा कार्यालयवाट सेवा सञ्चालन हुने । 


६) सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ मा रहेको नैनपुर अस्पतालका लागि १५ शय्याको नयाँ भवन निर्माण गरिने, पालिका र निर्माण कम्पनीबीच सम्झौता ।

 
७) खोटाङको केपिलासगढी गाउँपालिकाको डिजिटल पाश्र्वचित्र तयार पार्‍यो, पाश्र्वचित्रमा पालिकाको समग्र बस्तुस्थिति समावेश । 


८) सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले पशुको बिमा गर्न ५० प्रतिशत रकम कृषकलाई दिने, इच्छुक कृषकले आवश्यक कागजात सहित पशु शाखामा निवेदन दिनुपर्ने । 

 

९) छुईगोठ मुक्त अभियानमा जुट्यो जुम्लाको तिला गाउँपालिका, हालसम्म ३० गाउँ बस्ती छुईगोठ मुक्त घोषणा । 

 

१०) पाँचथरको कुम्मायक गाउँपालिकामा मालपोत कार्यालयद्वारा घुम्ती शिविर सञ्चालन, ११ मंसिरसम्म शिविर सञ्चालन हुने । 

 

११) काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकीको भवन निर्माण हुने, नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले गरे भवनको शिलान्यास । 

 

१२) मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित टावरडाँडामा १  करोड ६ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण, २१६ घरपरिवारले पाए स्वच्छ खानेपानी । 

 

१३) काठमाडौँ महानगरपालिकाले स्थानीयलाई कलंकी, बल्खु, कोटेश्वर र गोङ्गबुमा कोरोनाविरुद्धको खोप लगाउन थाल्यो, ५ पुससम्म खोप अभियान जारी रहने । 

 

१४) काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ६ मा रहेको भैरव आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन, भवन बनाउन स्थानीय हरिओम काजी श्रेष्ठले दिएका थिए जग्गा । 

 

१५) डडेलधुराको परशुराम नगरपालिकाको आयोजननामा वडा नम्बर १२ मा महिला स्वास्थ स्वयंमसेविकाका लागि पोषण सम्बन्धि २ दिने तालिम सुरू ।