close

भूमि समस्यालाई सधैँका लागि अन्त्य गर्ने गरी कार्ययोजना बन्दै छ : मन्त्री श्रेष्ठ

भूमि समस्यालाई सधैँका लागि अन्त्य गर्ने गरी कार्ययोजना बन्दै छ : मन्त्री श्रेष्ठ

Trulli
ADVERTISEMENT

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन् ।


 
रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा शहिद बाबुराम तामाङको शालिक अनावरण कार्यक्रममा मन्त्री श्रेष्ठले अबको केही समयभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।


उनले सहकारीको माध्यमबाट युवा स्वरोजगार बढाउन मन्त्रालयले पहल सुरु गरिसकेको जानकारी दिइन् ।  ‘भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिबाट भएका कामलाई ग्रहण गरेर सबैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गरिनेछ । थोरै स्रोत–साधनबाट छिटो काम गरी छिटो पूर्णता दिने तयारीमा छौँ’, उनले भनिन् ।

 

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली तथा हरूवाचरुवाको समस्या समाधानका लागि पीडितसँग छलफल सुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको आधारमा दिएको प्रतिवेदनअनुसार काम गरिने बताइन् ।


रामेछाप कृषि तथा फलफूलका लागि महत्त्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यावसायिक र उत्पादनमूलक बनाउँदै अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।