close

भाषा सम्मेलनको तयारी

भाषा सम्मेलनको तयारी

Trulli
ADVERTISEMENT

काठमाडौं–भाषाविज्ञान समाज नेपालले ४० वर्षदेखि हरेक वर्ष नोभेम्बर २६ र २७ तारिखमा गर्दै आएको भाषा सम्मेलन शुक्रबार र शनिबार गरी काठमाडौंमा आयोजना हुँदै छ । समाजको ४३औँ वार्षिक सम्मेलन आगामी २०७८ मंसिर १०–११ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भर्चुअल माध्यमबाट भाषा सम्मेलन गरिन लागेको हो ।


सम्मेलनमा हरेक वर्ष १० देखि १५ मुलुकका १५० जना जति भाषाविद् सहभागी हुँदै आएको र करिब १०० वटा जति सम्मेलनपत्र प्रस्तुत हुने गरेकामा कोभिड–१९ महामारीका कारण यो वर्ष ९ देशको सहभागिता रहनेछ भने ७२ वटा सम्मेलनपत्र प्रस्तुत हुँदै छन् । 


यो वर्ष भाषाविज्ञानका २१ वटा विभिन्न विधामा ३२ वटा भाषामा अनुसन्धान गरिएका अनुसन्धानपत्र सम्मेलनपत्रका रूपमा प्रस्तुत गरिने र ती अनुसन्धानपत्रमाथि छलफल गरिनेछ । अनुसन्धानपत्रमा भाषाका वर्ण, ध्वनि, रूप, वाक्य र अर्थव्यवस्थाका साथै भाषाका वक्ताको भाषिक स्थितिबारे सोधीखोजी हुनेछ ।


यस्तै, अभिवृत्ति, पारस्परिक प्रभावजस्ता समाज भाषिक एवं सांस्कृतिक विषयका साथै भाषा नीति र योजना, भाषासँग सम्बन्धित पहिचान, विचार, लैंगिकता, शक्ति, संस्कृतिजस्ता भाषा संस्कृति र भाषा राजनीतिका विषयका साथै लोपोन्मुख भाषाको संरक्षण, भाषिक शिक्षण र सिकाइ, क्लिनिकल भाषाविज्ञान, कम्प्युटर भाषविज्ञानजस्ता विषय समेटिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद चालिसेले बताए ।