close

दरबार हाइस्कुलको पुस्तकालय उद्घाटन

दरबार हाइस्कुलको पुस्तकालय उद्घाटन

Trulli
ADVERTISEMENT


काठमाडौं– काठमाडौंको दरबार हाइस्कुलमा स्थापित पुस्तकालय उद्घाटन गरिएको छ । माया राणा तुफोको सहयोगमा स्थापित दुई पुस्तकालयको बुधबार उद्घाटन गरिएको हो । राणाले आफ्नो स्व.बुबा प्रभाकर एसजेबी राणाको सम्झनामा पुस्तकालय स्थापनामा सहयोगी गरेकी हुन् ।


उनले आफ्ना बुबाले शैक्षिक र तालिम कार्यक्रममा जोड दिएकाले समुदायका लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकम दिन चाहेको बताइन् । उक्त सहयोगबाट जोन्टा क्लब काठमाडौंले दरबार स्कुलमा पुस्तकालय स्थापना गर्नेछ । क्लबले यसको उद्देश्य उच्च गुणस्तरको पुस्तकालय विद्यार्थीको पहुँचमा सुनिश्चित गर्नु रहेको बताएको छ ।


प्रत्येक विद्यार्थीका लागि कर्मचारीद्वारा सञ्चालित गतिशील र संसाधनयुक्त पुस्तकालय स्थापना गरेर पठन संस्कृतिलाई बढावा दिने उद्देश्य राखिएको छ ।पुस्तकालय उद्घाटन कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, वडा नम्बर २७ का वडाध्यक्ष चिनियाँमान वज्राचार्य, शिक्षा अधिकारी रामप्रसाद सुवेदी, माया राणा तुफोका प्रायोजक प्रतिनिधि र जोन्टा क्लबका पूर्वअध्यक्ष सिर्जना राणा, जोन्टा क्लबका हालका अध्यक्ष सीमा गोल्छालगायत उपस्थित थिए ।