close

चन्द्रौटा बजारमा आगलागी हुँदा ९० लाख बढीको क्षति 

चन्द्रौटा बजारमा आगलागी हुँदा ९० लाख बढीको क्षति 

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको चन्द्रौटामा गए राती आगलागी हुँदा ९० लाख रुपैयाँ बढीको क्षति भएको छ । शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा चोकदेखि एक सय मिटर पश्चिममा अवस्थित दुई पसलमा राती करिब १० बजे आगो लागेको स्थानीयले बताए ।

 

चन्दौटा फिक्स सप र सँगै रहेको ल्यापटप हस्पिटल तथा सेल्स पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । आगलागीबाट दुवै पसलका सबै सामग्री नष्ट भएका छन् । दुवै पसलमा गरी ९० लाखको क्षति भएको अनुमान प्रहरीको छ । 


फेन्सी पसलको ५० लाख र कम्प्युटर पसलको ४० लाख रुपैयाँ बढीको सामग्री जलेको व्यवसायीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब दुई घन्टापछि आगो निभाइएको थियो ।

 

आगलागीबाट भएको क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । कम्प्युटर पसलभित्रको बिजुली तार सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।