close

जुम्लामा जनगणना : कर्णालीमा खस भाषा प्रयोग गर्न विज्ञको सुझाव

जुम्लामा जनगणना : कर्णालीमा खस भाषा प्रयोग गर्न विज्ञको सुझाव

Trulli
ADVERTISEMENT

जुम्ला– देशभरसहित जुम्लामा पनि जनगणना २०७८ सुरु भएको छ । कर्णालीमा खस भाषाको जगेर्ना गर्न  उत्तरदातालाई विज्ञले सुझाएका छन् । जुम्ला बहुमुखी क्याम्पसका उपप्रमुख प्रकाशचन्द्र खत्रीले मातृभाषा खस राख्न कर्णालीबासी र सम्पूर्ण खस भाषा बोल्ने नागरिकलाई आग्रह गरे । जनगणना २०६८ मा खस भाषा बोल्ने कर्णालीमै ३४ जना भएको तथ्यांक भएकाले यस पटक स्थानीय सरकारबाटै ध्यान दिनुपर्ने उनको सुझाव छ । खस भाषाका जानकार रमानन्द आचार्यले भाषा बचाउन गणनामै समेटनुपर्नेमा जोड दिए ।


तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले खस भाषामा जोड दिन स्थानीयलाई आग्रह गरे ।  जनगणना २०७८ अनुसार प्रश्न नम्बर १७ पछि मातृ भाषा र दोस्रो भाषा भन्ने समावेश छ । त्यहाँ मातृ भाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । 


जिल्ला जनगणना कार्यालय जुम्लाले जनगणनाका लागि गणकलाई घरघर खटाइसकिएको बताएको छ । कार्यालय प्रमुख शंकरदत्त भट्टका अनुसार जुम्लामा पहिलो गणना प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंको विवरण लिएर सुरु गरिएको छ ।

 
प्रजिअ प्रसाईंको गणना गर्ने गणक विष्णुदेवी भण्डारीसहित जिल्लाभर १६४ गणक खटाइएको छ । ४१ सुपरभाइजर खटाइएको कार्यालयले बताएको छ ।
जुम्लामा २०६८ को जनगणनाअनुसार १ लाख ८ हजार जनसंख्या थियो । अहिले यो संख्या बढ्ने देखिएको छ ।  उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरी ५८ प्रश्नावली तयार पारिएको छ । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।