close

पालिकामा दिनभरः थिमिमा बन्यो शंखधर पार्क, फेदीखोलामा इन्डक्सनको माग (भिडियो खबर) 

पालिकामा दिनभरः थिमिमा बन्यो शंखधर पार्क, फेदीखोलामा इन्डक्सनको माग (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) भक्तपुरको मध्यपुर थिमि नगरपालिका र काठमाडौं महानगरपालिकाको साझेदारीमा थिमिमा शंखधर पार्क निर्माण, नवनिर्मित पार्कको गरियो उद्घाटन, शंखधर दिवसको अवसरमा पालिका दियो सार्वजनिक बिदा । 

 

२) सर्लाहीको हरिवन नगरपालिकाद्वारा विश्व मधुमेह दिवसको अवसरमा पालिकावासीको निःशुल्क स्वास्थ्य परीक्षण, सासापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो शिविर । 


३) तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ५ थुम्काबाट पर्यटकीयस्थल आँधीमूल जाने सडक निर्माण गरिँदै, सडक निर्माणमा युवाको सक्रियता । 


४) लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको राप्ती गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल बनाउन थाल्यो, स्वास्थ्य चौकी लालमटियालाई स्तरवृद्धि गरि ५० शय्याको बनाइने । 


५) खोटाङको बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले दिए सार्वजनिक बिदा, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका कार्यालय २८ र २९ कार्तिकमा बन्द हुने । 


६) बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले निसीखोलाको सनराइज युथ क्लबलाई व्यक्तिगत रुपमा १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरे, क्लबले खेलकुदका क्षेत्रमा रकम खर्च गर्ने । 


७) सप्तरीको राजविराज नगरपालिका ८ नम्बर वडा कार्यालयले नयाँ भवनबाट सेवा दिन थाल्यो, नवनिर्मित भवनको गरियो उद्घाटन । 


८) संखुवासभाको खाँदबारी नगरपालिकाले दियो हरिबोधनी एकादशीको अवसरमा २८ र २९ कार्तिकमा सार्वजनिक बिदा, धार्मिक तथा पर्यटकीयस्थल मनकामनामा मेला लाग्ने । 

 

९) स्याङ्जाको फेदीखोला गाउँपालिकाले घरघरमा इन्डक्सन चुल्हो जडान गर्न थाल्यो, निवेदकलाई वडा कार्यालयमा १ हजार ३० रुपैयाँ बुझाउन पालिकाको सूचना । 

 

१०) भक्तपुरको चाँगुनारायण नगरपालिकाद्वारा हरिबोधनी एकादशीको अवसरमा २९ कार्तिकमा सार्जजनिक बिदा दिने निर्णय, पालिका र मातहतका कार्यालय बन्द हुने । 

 

११) सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्ने, बिउ लिन १३ मंसिरसम्म कृषि शाखामा निवेदन दिनुपर्ने । 

 

१२) चितवनको राप्ती नगरपालिकाद्वारा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान जारी, ३० कार्तिकसम्म अभियान चलाइने । 

 

१३) कालीकोटको पलाता गाउँपालिकाले कर्मचारीलाई श्रमदानमा लगाउन थाल्यो, कार्यालय समयबाहेक अन्य समयमा आ-आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्नुपर्ने । 

 

१४) धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रूपैठामा हिन्दु र मुस्लिम समुदायबीच विवाद बढेपछि प्रशासनद्वारा निषेधाज्ञा जारी, छठ मनाउने विषयमा भएको थियो विवाद । 


१५) मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोबाङ क्षेत्रमा हिमपहिरो, मानापाथी हिमालबाट खसेको पहिरोले लाजेङ र न्याउरीकोट ढाकियो, भागदौड मचिँदा ७ विद्यार्थी घाइते ।