close

घरेलु महासंघमा नयाँ नेतृत्व

घरेलु महासंघमा नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

रूपन्देही–नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनले नयाँ नेतृत्व निर्विरोध चयन गरेको छ । बुटवलमा भएको महासंघको प्रदेश अधिवेशनबाट पुनः नेत्रप्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । 


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र महासंघका केन्द्रीय अध्यक्ष श्यामप्रसाद गिरी सहभागी अधिवेशनले सबै पदमा निर्विरोध नेतृत्व चयन गरेको हो । निर्वाचन समिति संयोजक जीवनारायण अधिकारीका अनुसार प्रदेश समिति र प्रदेश महिला उद्यमी समिति सर्वसहमतिमा चयन भएको हो ।

 

महासंघको वरिष्ठ उपाध्यक्षमा गणेशप्रसाद अधिकारी रूपन्देही, उपाध्यक्षमा उमानाथ पोख्रेल नवलपरासी, महासचिवमा जयश्वर पौडेल बाँके, कोषाध्यक्षमा लक्ष्मण बेल्वासे कपिलवस्तु रहेका छन् ।


त्यसैगरी महासंघ प्रदेश कार्यसमिति सदस्यमा धनिश्वर गौतम गुल्मी, डिल्लीराम बस्याल पाल्पा, जितबहादुर महरा रोल्पा, द्रोणराज सुवेदी कपिलवस्तु, विनता पोख्रेल नवलपरासी, सञ्जीव गहतराज कपिलवस्तु, धनसिंह वली बाँके र सतिसकुमार अधिकारी बाँके रहेका छन् । 


महिला उद्यमी समिति अध्यक्षमा शान्ति शर्मा, वरिष्ठ उपाध्यक्षमा शर्मिला खत्री भण्डारी, उपाध्यक्षमा सावित्रा टण्डन, महासचिवमा पार्वती अधिकारी, कोषाध्यक्षमा मेनकला सिंह चुनिएका छन् । सदस्यमा शान्ति पौडेल, अनीषा केसी, सुनिता राणा, हिरा घले, मुना पाण्डे रहेका छन् । नवनिर्वाचित पदाधिकारी सदस्यलाई महासंघका केन्द्रीय अध्यक्ष गिरीले पद तथा गोपनीयताको सपथ दिलाए ।