close

भलुवाका अग्निपीडितलाई राहत

भलुवाका अग्निपीडितलाई राहत

Trulli
ADVERTISEMENT

सप्तरी– धर्मी हल्फा महिला विकास क्लब सप्तरीले आगलागी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भलुवा गाउँका अग्निपीडित सत्यनारायण यादवकी पत्नी कारी यादवलाई राहतस्वरूप त्रिपाल, झुल तन्ना, साडी, भाँडाकुँडालगायत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले जानकारी दिए ।


गत १३ मंसिरमा आगलाीग हँुदा अनुमानित २ लाख रुपैयाँ बढीको क्षति भएको थियो । राहत वितरण कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भीमराज मण्डल, वडा सचिव अरुणकुमार यादव, इलाका प्रहरी कार्यालय भारदहका प्रहरी सहायक निरीक्षक गजेन्द्रनारायण यादव, वडा सदस्य प्रमोद कुमार यादवलगायत स्थानीयको उपस्थिति थियो ।