close

पालिकामा दिनभरः मर्स्याङ्दीका सुत्केरीलाई निःशुल्क बसको आस, नेपालमा ओमिक्रोनको त्रास (भिडियो खबर) 

पालिकामा दिनभरः मर्स्याङ्दीका सुत्केरीलाई निःशुल्क बसको आस, नेपालमा ओमिक्रोनको त्रास (भिडियो खबर) 

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) रौतहटको गौर नगरपालिकाद्वारा वडा नम्बर १ मा दुई तल्ले खोप केन्द्रको भवन तयार, नवनिर्मित भवनको गरियो उद्घाटन । 

 

२) लमजुङको मस्र्याङ्दी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क यातायात सेवा दिन थाल्यो, पालिकाको एम्बुलेन्स परिचालन । 

 

३) रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा बुद्धचोक र देवकोटा चोकमा ट्राफिक लाइट जडान, दुर्घटना न्यूनीकरणका लागि लाइटले महत्वपूर्ण भूमिका खेल्ने । 

 

४) भक्तपुर नगरपालिकाको आयोजनामा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, प्रतियोगिता २४ मंसिरसम्म चल्ने ।

 

५) दाङका ६ पालिकामा १८ वर्ष माथिकालाई भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु, घोराही, लमही, बंगलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिकामा खोप अभियान सञ्चालन । 

 

६) पाँचथरको मिक्लाजुङ गाउँपालिकामा दूर चिकित्सा सेवा सञ्चालन, बिरामीले विशेषज्ञ चिकित्सकसँग भिडिओ संवादमार्फत उपचार तथा परामर्श सेवा प्राप्त गर्ने । 

 

७) काठमाडौं महानगरपालिकाले आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सार्‍यो, पालिका र बैंकबीच सम्झौता । 

 

८) ६ सय ३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनको काम जारी, नामावली दर्ता गराउन नागरिकको उत्साहजनक सहभागिता । 

 

९) उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले वडा नम्बर ३ मा प्रशासकीय भवन निर्माण गर्न थाल्यो, स्थानीयले दिएको जग्गामा तीनतले भवन तयार गरिने । 


१०) धनकुटाको शहिदभूमि गाउँपालिकाले कृषकलाई अनुदानमा गोलभेडा तथा खुर्सानीको बिउ वितरण गर्ने, बिउ लिन कृषि शाखामा निवेदन दिनुपर्ने । 


११) नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिए, दुई जना व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।


१२) सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रदेशस्तरीय रङ्गशाला निर्माण हुने, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे शिलान्यास । 


१३) कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा मुगुको छायानाथ रारा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, पालिकावासी लाभान्वित । 


१४) पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले आठ जना गणक र एक जना सुपरिवेक्षक करारमा नियुक्त गर्न विज्ञापन खुलायो, इच्छुकले पालिकामा दरखास्त बुझाउनुपर्ने । 

 

१५) घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरर्गत पालिकाद्वारा विभिन्न कार्यक्रम आयोजना ।