close

नेवानिले खोल्यो सोभेनियर सेल्स काउन्टर

नेवानिले खोल्यो सोभेनियर सेल्स काउन्टर

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपाल वायुसेवा निगमले नेपाली मौलिक उत्पादन स्वदेशी तथा विदेशी यात्रुलाई उपलब्ध गराउन निगमको टिकट बिक्री कक्षमा सोभेनियर सेल्स काउन्टर स्थापना गरेको छ । 


निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उक्त सेल्स काउन्टरको उद्घाटन गरे । केन्द्रीय कार्यालयको टिकट बिक्री कक्षमा खोलिएजस्तै सोभेनियर सेल्स काउन्टर निगमका अन्य कार्यालयमा पनि क्रमशः खोल्दै जाने लक्ष्य रहेको उनले बताए । 


नेपालको कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएर विपन्न वर्गको सीपलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई स्वदेशी एवं विदेशी यात्रुहरूको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने उद्देश्यले निगमको टिकट बिक्री कक्षमा सँेभेनियर सेल्स काउन्टर स्थापना गरिएको हो । 


नेपाली कच्चा पदार्थ बा“स, घा“स आदिबाट बनेका ढक्की, ब्यालेट, पर्सका साथै कप, टि–म्याट, विमान चढ्दा सजिलोका लागि लगाउने नेक पिलोलगायत सामग्री सेल्स काउन्टरमा उपलब्ध हुनेछन् ।