close

रौतहटको पेटभर्वामा चिसोले कठ्यांग्रिएर दुई बालिकाको गयो ज्यान

रौतहटको पेटभर्वामा चिसोले कठ्यांग्रिएर दुई बालिकाको गयो ज्यान

Trulli
ADVERTISEMENT

रौतहट– रौतहटमा चिसोले कठ्यांग्रिएर २ बालिकाको ज्यान गएको छ । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वाका दमोदर बैठाकी २ वर्षीया नाबालिका रमिता बैठाको आइतबार चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । वडामा स्वास्थ्य चौकी नभएकाले बालिकाकी आमाले छोरीलाई काखमा राखेर पैदलै ३ किलोमिटर टाढा सन्तपुरस्थित स्वास्थ्य चौकीमा खोप लगाउन लगेकी थिइन् ।


लामो समय लाइनमा बसेर खोप लगाएर फर्किने क्रममा जाडोले बालिका सिकिस्त भएपछि घर नपुग्दै मृत्यु भएको बाबु बैठाले बताए । नगरपालिकाको वडा नम्बर ६ पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकी नहुँदा गाउँका सुत्केरी आमा नानीबाबुलाई काखमै बोकेरै करिब ३ किलोमिटर टाढा सन्तपुर स्वास्थ्य चौकीमा जाने बाध्यता छ ।


गर्मी महिनामा सुत्केरी आमाहरू एक हातमा बच्चा र अर्को हातमा छाता ओढेर खोप लगाउने जाने गर्छन् । गर्मी र जाडोमा कयौँ पटक यस्ता घटना दोहोरिँदा पनि नगरप्रमुख गोपाल यादव तथा वडाध्यक्ष हिरालाल यादवले गाउँमा स्वास्थ्य चौकी स्थापनाका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।

 


पेटभर्वा र रामदासी गाउँमा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर नहुँदा सुत्केरी आमाहरूले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । केही दिनअघि मात्र वृन्दाबन नगरपालिकामा मतदाता परिचयपत्रका लागि नाम लेखाउन जाँदा पनि २ वर्षीया बालिकाको पनि कठ्यांग्रिएर ज्यान गएको थियो ।