close

नेपाल आदर्श मावि शिवपुरलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि 

नेपाल आदर्श मावि शिवपुरलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि 

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्डको उपाधि नेपाल आदर्श मावि शिवपुरले जितेको छ । विभिन्न विधामा भएको खेलमा सर्वाधिक अंक प्राप्त गर्दै नेपाल आदर्श माविले रनिङ सिल्डको उपाधि जित्न सफल भएको हो ।

 

यस्तै, प्रतियोगिताको दोस्रो स्थान प्रकाश मावि सुन्दरीडाँडाले हात पारेको छ । तेस्रो स्थानमा राष्ट्रिय माध्यमिक विद्यालय र समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर सान्त्वना बन्न सफल भए ।


राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराते, उसु, कबड्डी प्रतियोगिता भए । त्यस्तै, मेयर कपतर्फ फुटबल, क्रिकेट र भलिबल, उपमेयर कपतर्फ फुटबल, भलिबल र कराते प्रतियोगिता सम्पन्न भएको नगर खेलकुद विकास समिति संयोजक नेत्रप्रसाद बेल्वासेले बताए ।


फुटबल प्रतियोगिताअन्तर्गत मेयर कप र उपमेयर कपको उपाधि वडा नम्बर १ ले हात पारेको छ । मेयर कप पुरुषतर्फ वडा नम्बर ९ लाई १ गोलका विरुद्ध २ गोल गर्दै विजेता बनेको छ ।  उपमेयर कप महिला फुटबल प्रतियोगितामा पनि वडा नम्बर १ विजयी भएको छ । फाइनल खेलमा वडा नम्बर १ ले ५ नम्बर वडालाई १ का विरुद्ध २ गोल गर्दै उपाधि हात पारेको हो ।

 

खेल समापन अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवराजले खेल महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताए । पछिल्लो समय युवा पुस्ता खेलतर्फ आकर्षित हुन छोडेकाले यस्ता कार्यक्रमले खेल संरक्षण र खेलाडीमा थप ऊर्जा मिल्ने उनको भनाइ छ ।

 

१२ दिनसम्म चलेको खेल महोत्सवमा १० वटा वडा १५ वटा विद्यालयका १ हजार ५ सय १६ जना खेलाडीको सहभागिता रहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख लोकराज पन्थीले बताए ।