close

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

Trulli
ADVERTISEMENT

बागमती– मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो ।

 

गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको जनाएको छ ।

 

तालिममा मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५, किसान सूचीकरण किन रु त्यसका अवधारणा नेपाल र अन्य मुलुकमा किसान सूचीकरणको अवस्था, प्रयोगबारे प्रस्तुति राखे ।

 

त्यसैगरी कृषि र पर्यटनमा राम्रो आम्दानी गरिरहेको मकवानपुरगढी गाउँपालिकामा  कार्यालयले पालिकाभित्रको कृषि उपजलाई पालिकाभित्रै खपत गराउने उद्देश्यका साथ पर्यटन व्यवसायीलाई तालिम दिने निर्णय गरेको छ । गाउँपालिकाले होटल, घरबास, रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउने तालिम दिने भएको हो ।

 

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रम सङ्घप्य सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ (बाली विकास कार्यक्रम) अन्तर्गत कोदो र फापरको परिकार बनाउने तालिम दिन लागिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीद्वारा जारी सूचनामा पालिकामा दर्ता भई सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, घरबास तथा खाजा पसल सञ्चालकलाई मात्र तालिममा सहभागी गराइनेछ । उक्त तालिममा सहभागिताका लागि सूचना जारी भएको मितिले २१ दिनभित्र अर्थात् माघ ८ गतेभित्र पालिकाको कृषि विकास शाखामा निवेदन दिन भनिएको छ ।