close

महाराजगञ्जको वडा नम्बर ४ ले बाँड्यो ज्येष्ठ नागरिकलाई कम्बल

महाराजगञ्जको वडा नम्बर ४ ले बाँड्यो ज्येष्ठ नागरिकलाई कम्बल

Trulli
ADVERTISEMENT

चन्द्रौटा/कपिलवस्तु– कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ४ का ज्येष्ठ नागरिकलाई कपडा कम्बल र च्यावनप्रास वितरण गरिएको छ । वडाले वार्षिक कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई लक्षित गरी जाडोयाममा कम्बल तथा च्यावनप्रास वितरण गरेको वडाध्यक्ष सुशील कुमार चौधरीले बताए ।

 

नगरप्रमुख अब्दुल कलाम खाँले ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप सामग्री वितरण गरिएको बताए । जनप्रतिनिधिको कार्यकाल सकिनै लागेका बेला पनि ज्येष्ठ नागरिकको हितका लागि नगरपालिकाले काम गरिएको उनले जानकारी दिए ।


जाडोको मौसममा वृद्धवृद्धालाई सुरक्षा दिन यी सामग्रीले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । नगरप्रमुख खाँले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै वडा र नगरले पनि वृद्धवृद्धा लक्षित कार्यक्रम प्रत्येक वर्ष गर्दै आएको धारणा व्यक्त गरे । वडाभित्र रहेका १८० जनालाई उक्त सामग्री वितरण गरिएको हो ।