close

गोरखा र विदुर नगरपालिकामा पृथ्वी जयन्तीको बिदा 

गोरखा र विदुर नगरपालिकामा पृथ्वी जयन्तीको बिदा 

Trulli
ADVERTISEMENT

काठमाडौं– पृथ्वी जयन्ती अवसरमा गोरखाको गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएका छन् । २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकीकरण दिवस मनाइँदै छ । नगर कार्यपालिकाको १८ पुसको निर्णयअनुसार २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले बताए ।


उनका अनुसार नगरपालिका कार्यालय, वडा कार्यालय, नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्था, शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको छ । नगरपालिकाले पृथ्वी जयन्ती अवसरमा दौड तथा दीप प्रज्ज्वलनलगायत कार्यक्रमसमेत राखेको छ ।

 

यस्तै, नुवाकोटको विदुरमा पनि सार्वजनिक बिदा दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले पृथ्वीनारायण शाह जन्मेको दिन २७ पुसलाई रााष्ट्रिय एकीकरण दिवसका रूपमा मनाइने भएकाले विदुर नगरपालिकासहित नगरभित्रका पालिकाअन्तर्गत रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थालाई सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेका छन् ।

 

पृथ्वी जयन्तीका अवसरमा विदुर नगरपालिकाका विभिन्न स्थानमा भिन्दाभिन्दै कार्यक्रमका साथ राष्ट्रिय एकता दिवस मनाइनेछ । नुवाकोटको साततले दरबार क्षेत्र, देवीघाटस्थित पृथ्वी स्मारक र पृथ्वीनारायण शाहको अन्तिम दाहसंस्कार गरिएको स्थल तादी र त्रिशूली नदीको संगम जालपादेवी मन्दिर परिसरमा छुट्टाछुट्टै कार्यक्रमका साथ पृथ्वी जयन्ती मनाउने तयारी छ ।