close

फेटा पालिकाले सम्झियो पृथ्वीनारायण

फेटा पालिकाले सम्झियो पृथ्वीनारायण

Trulli
ADVERTISEMENT

बारा– बाराको फेटा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्ती अवसरमा गाउँपालिकाले आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जाकिर हुसेन अन्सारीले सोमबार विज्ञप्ति जारी गरी २७ पुसमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका थिए । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिकाको निर्णयअनुसार २७ पुसका दिन कार्यालय साथै मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थामा सार्वजनिक बिदा रहेको जानकारी गराइन्छ ।’