close

धादिङको रुवी भ्यालीमा पहिरो : डोजरसहित ३ बेपत्ता

धादिङको रुवी भ्यालीमा पहिरो : डोजरसहित ३ बेपत्ता

Trulli
ADVERTISEMENT

काठमाडौं– धादिङको रुवी भ्यालीमा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता भएका छन् । रुवी भ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा बिहान पहिरो खस्दा डोजरसहित ३ जना बेपत्ता भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बिहीबार बिहान साढे ८ बजे प्रहरीलाई पहिरोमा ३ जना पुरिएको खबर आएपछि उद्धारका लागि टोली परिचालन गरिएको बताए । ‘चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको भनेर स्थानीयबाट खबर आएको छ,’ एसपी सिंहले भने, ‘विस्तृत विवरण आइसकेको छैन ।’

 

घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घन्टाको पैदल दूरीमा पर्ने भएकाले विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।