close

विश्वकै कमजोर सूचीमा नेपालको राहदानी 

विश्वकै कमजोर सूचीमा नेपालको राहदानी 

Trulli
ADVERTISEMENT

काठमाडौं–नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ । विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एन्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको हो ।


अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११ वटा मुलुकमध्ये जापान र सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली भएको छ । जापान र सिंगापुरको राहदानी वाहकले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछन् । 


यस्तै, जर्मनी र दक्षिण कोरियाका राहदानी वाहकले १९० मुलुकमा सहजै आवतजावत गर्न पाउँछन् । सार्वजनिक सूचीमा अमेरिका, बेलायत, इटाली, स्पेन, पोर्चुगल र स्वीजरल्यान्ड १० शक्तिशाली राहदानीमा परेका छन् । 


त्यसैगरी अफगानिस्तानको राहदानी संसारकै कमजोर देखाएको छ । अफगानी राहदानी वाहकले विश्वका २६ देशमा मात्र अनअराइभल भिसा पाउँछन् । यस्तै, इराक २८, सिरिया २९, पाकिस्तान ३१, यमन ३३, सोमालिया ३४, नेपाल र प्यालेस्टिनी क्षेत्रका मुलुकका राहदानी वाहकले विश्वका ३७ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।


नेपालभन्दा उत्तर कोरियाको राहदानी शक्तिशाली सूचीमा परेको छ । यस्तै, दक्षिण एसियाली मुलुकमा मालदिभ्स सबैभन्दा शक्तिशाली देखिएको छ । मालदिभ्सका राहदानी वाहकले विश्वका ८८ देशमा सहजै आवागमन गर्न पाउँछन् । 


यस्तै, भारत ८३औँ शक्तिशाली मुलुकमा परेको छ । भारतका राहदानी वाहकले विश्वका विभिन्न ६० मुलुकमा अनअराइभल भिसा पाउँछन् । बंगलादेशको राहदानी ४१ देश, श्रीलंकाको राहदानी ४२ देश, भुटानका राहदानी वाहकले ५३ वटा देशमा अनअराइभल भिसा पाउन सक्छन् ।


हेन्ली एन्ड पार्टनर्स कम्पनीले सन् २००६ देखि निरन्तर विश्वका शक्तिशाली राहदानीको सूची सार्वजनिक गर्दै आएको छ । शक्तिशाली राहदानी वाहक मुलुकमा जापान र सिंगापुर १९२, जर्मनी र दक्षिण कोरिया १९०, फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग र स्पेन १८९, अस्ट्रिया, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड, स्वीडेन १८८, आयरल्यान्ड, पोर्चुगल– १८७, बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, बेलायत, अमेरिका–१८६, पोल्यान्ड, हंगेरी १८३, लिथुआनिया, स्लोभाकिया १८२औँ स्थानमा परेका छन् ।


कमजोर राहदानी भएका मुलुकमा उत्तर कोरिया ३९, नेपाल र प्यालेस्टाइन ३७, सोमालिया ३४, यमन ३३, पाकिस्तान ३१, सिरिया २९, इराक २८, अफगानिस्तान २६औँ स्थानमा समेटिएका छन् ।