close

शिवराजको वडा नम्बर ३ मा कम्प्युटर तालिम

शिवराजको वडा नम्बर ३ मा कम्प्युटर तालिम

Trulli
ADVERTISEMENT

कपिलवस्तु/चन्द्रौटा– कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा आयोजित तीन महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नम्बर ३ को सहयोग र राइटस्टेप एजुकेसन एकेडेमीको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको थियो ।

 

तालिम समापन गर्दै वडाध्यक्ष टेकलाल सापकोटाले कम्प्युटर शिक्षा पछिल्लो समय अनिवार्य बन्दै गएकाले वडाले प्राथमिकता दिएको बताए । वडाले निःशुल्क आधारभूत तालिम दिएको उनको भनाइ छ ।


वडाध्यक्ष सापकोटाले वडाका विद्यालय, कृषक, स्वास्थ्य, व्यापारी, युवा, महिला किशोर–किशोरीलगायतलाई विभिन्न सीमपूलक तालिम दिएकाले वडाबासी आत्मनिर्भर बन्दै गएको दाबी गरे । युवाको मागका आधारमा आगामी समयमा पनि यस्ता तालिम जारी राखिने उनको भनाइ छ ।


कार्यक्रममा राइटस्टेप एजुकेसन एकेडेमीका प्रबन्ध निर्देशक दीपेन्द्र पौडेलले तीन महिनासम्म आधारभूत कम्प्युटर तालिम दिइएको बताए । एकेडेमीले एक वर्षे कोर्स सञ्चालन गरिरहेकोले इच्छुक विद्यार्थीलाई उक्त कोर्स अध्यापन गर्न उनले आग्रह गरे ।