close

विश्व कीर्तिमानधारीलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाणपत्र

विश्व कीर्तिमानधारीलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाणपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं–विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान राख्न सफल भएका छन् । बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घन्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरी वल्र्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे ।


मन्त्री गहतराजले विश्व रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाइ तथा शुभकामना दिए । आगामी दिनमा समेत युवालाई प्रेरित गर्ने खाले यस्तै गतिविधिमा क्रियाशील रहन आग्रह गरे । 


सन् २०२१ अगस्त २ मा स्कोलास्टिक फाउन्डेसनले आयोजना गरेको शिक्षासम्बन्धी कार्यक्रम सञ्चालनका बेला श्रेष्ठले ९० मिनेटसम्म पानीमाथि पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमै पहिलो पटक कायम भएको स्कोलास्टिक फाउन्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।